औषधी कम्पनीमा आगलागी हुँदा करोडौंको क्षति

284

औषधी कम्पनीमा आगलागी हुँदा करोडौंको क्षति


बुटवल,६ जेठ । रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका १ पडसरीमा रहेको एसियन फार्मास्युटिकल औषधी कम्पनीमा आज साँझ करिव ४ बजेवाट भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि बुटवल, भैरहवा र नवलपरासीबाट डेढ घण्टापछि मात्रै दमकल पुगेका छन ।

आगो नियन्त्रणको प्रयास भईरहेपनि अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । आलागीबाट निकै ठूलो क्षति भईसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी धर्म भण्डारीले आगो नियन्त्रणको प्रयास भैरहेको बताउनु भयो । अहिलेसम्म भएको क्षतिवारे यकिन नभएपनि करोडौंको औषधी जलेर नष्ट भएको कम्पनीको भनाई रहेको छ ।