युवतीलाई वेश्याबृत्तिमा लगाउने रेष्टुरेन्ट सञ्चालक पक्राउ

1.3K

युवतीलाई वेश्याबृत्तिमा लगाउने रेष्टुरेन्ट सञ्चालक पक्राउ

बुटवल, ८ जेठ । नाबालिकालाई वेश्याबृत्तिमा लगाउने बुटवलका एक रेष्टुरेन्टका सञ्चालक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल ११ कालिकानगर स्थित राप्तीमिनु रेष्टुरेन्टका सञ्चालक बागलुङ् निसिखोलाका अनिल भनिने २९ वर्षीय टेकबहादुर कुवँर र उनकी श्रीमति ३३ वर्षीय मीना कुमारी बस्नेत कुवँरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलमा बुधबार पत्रकार सम्मेलनगरी रेष्टुरेन्टमा झाडुपोछा लगाउने काममा राखेकी नावालिकालाई जवरजस्ती वेश्याबृत्तिमा लगाएको पिडितको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले जानकारी गराउनु भयो । कपिलबस्तु घर भएकी १५ वर्षीय युवतीले उक्त रेष्टुरेन्टमा विगत ४ महिनादेखि काम गर्दै आएकी थिईन । रेष्टुरेन्टका सरसफाईको कामकालागि राखेकी युवतीलाई जवरजस्ती वेश्याबृत्तिमा लगाउने गरेको र आफूलाई काम छोड्न समेत नदिएको प्रहरी समक्ष पिडित युवतीले बताएकी छन् ।

रेष्टुरेन्ट सञ्चालकले चाहना विपरित वेश्याबृत्तिमा लगाएपछि बिभिन्न बहानाबाजी गरी काम छोडेर रोजगारीकालागि आफन्तसंग भारत जाने क्रममा सिमानाका सुनौलीबाट आफन्त नेपालका प्रतिनीधिले उद्धारगरी प्रहरीसमक्ष ल्याएका थिए । ती युवतीले आफन्त नेपालको संपर्कमा आएपछि रेष्टुरेन्टमा काम गर्दा आफूले भोग्नु परेका पिडा तथा सञ्चालकले दिएको यातनाका बारेमा जानकारी गराएकी गराएपछि घटना सार्वजनिक भएको हो ।

पक्राउ परेका कुवँर दम्पत्तीलाई प्रहरीले मानव बेचविखन तथा संगठित अपराध मुद्धामा कारवाही अंगाडी बढाउने तयारी गरेको छ । उक्त रेष्टुरेन्टबाट बुटवलका अन्य होटल तथा लजहरुमा समेत यौनधन्दाकालागि युवती पठाउने गरेको भेटिएको र ती होटल तथा लजका सञ्चालकहरुलाई समेत अनुसन्धानको दायरामा ल्याईने प्रहरी नायव उपरिक्षक मल्लले बताउनु भयो ।