तिनाउ मिसनसंगै कम्युनिटी मर्जर हुँदै

1.3K

तिनाउ मिसनसंगै कम्युनिटी मर्जर हुँदै

बुटवल, ८ जेठ । बुटवलमा प्रधान कार्यालय रहेका तिनाउ बिकास बैक र मिसन डेभलपमेण्ट बैक एकआपसमा गाभिने निणर्य गरेको केही महिनामा नै बुटवलमा नै प्रधान कार्यालय रहेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि यिनै बैकसंग गाभिने भएको छ ।

दुई बैक मिलेर तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड हुने प्रक्रिया अघि बढीरहेका अवस्थामा बुधबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैक पनि मर्जरको समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा तिनाउ बिकास बैकका अध्यक्ष राजेन्द्रप्रसाद वझा, मिसन डेभलपमेण्ट बैकका अध्यक्ष टिकाराम घिमिरे र नेपाल कम्युनिटी डेभलपमेण्ट बैकका अध्यक्ष पशुपति घिमिरेले हस्ताक्षर गर्नु भएको छ ।

तिनाउका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार श्रेष्ठ, मिसनका प्रमुख कार्यकारी अधिकृत हरीप्रसाद घिमिरे र नेपाल कम्युनिटीका प्रमुख कार्यकारी अधिकृत राजन खनाल लगायतका उच्च कर्मचारी र सञ्चालकहरुको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षरसंगै आदान प्रदान गर्नु भएको हो ।

राष्ट्रिय स्तरको विकास बैंक वन्ने लक्ष्यका साथ अगाडी बढेको तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटडले नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकलाई प्राप्ती गरे पश्चात चुक्ता पुँजी १ अर्व ६७ करोड ५७ लाख ५८ हजार, १३ अर्व ७७ करोड बढी निक्षेप १२ अर्व २३ करोड वढी कर्जा र शाखा कार्यालयहरु ६० वटा पुग्नेछन् ।