
बुटवल, १८ जेठ । बुटवल जेसीजले सञ्चालन गरेको एक हप्ते तालिम सप्ताह शनिबार सकिएको छ । तालिमको समापन गर्दै नेपाल जेसीजका पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले तालिम सप्ताहले जेसीज अभियानलाई समुदायमा प्रभावकारी रुपमा पु¥याएको बताउनु भयो । उहाँले जेसीज युवाहरुको सिकाई स्थल भएको बताउँदै जेसीजमा रहँदा मात्रै नभएर जेसीजबाट बाहिर रहँदा पनि यसबाट सिकेका कुराहरुले जीवनमा सकारात्मक भूमिका खेल्ने बताउनु भयो ।
तालिमको समापन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा नं. ८ का अध्यक्ष भिमबहादुर श्रेष्ठ, जेसीज बोर्ड अफ टष्ट्रिजका अध्यक्ष बिन्ध्याकेशर जोशी, पूर्व अध्यक्ष गोपालप्रसाद पाण्डे, गणेशचन्द्र पोखरेल, निवर्तमान अध्यक्ष यमप्रसाद तिवारी, अमर खत्री, महेश पाण्डे लगायतले सप्ताह कार्यक्रम बाहेक पनि जेसीले युवाहरुमा नेतृत्व बिकासका कार्यक्रम सञ्चालन गर्दै आएकाले जेसीज नेतृत्व बिकासको पर्यावाची भएको विश्लेषण गर्नुभएको थियो ।

बुटवल जेसीले तालिम सप्ताहका अवसरमा युवाकालागि नेतृत्व बिकास, भाषण कला, बैठक सञ्चालन बिधि, माईन्युट लेखन, समुहगत एकता, व्यक्तित्व बिकास, समय व्यबस्थापन, दीगो बिकास लक्ष्य लगायतका बिषयमा तालिम प्रदान गरेको थियो । ती तालिममा जेसीज प्रशिक्षकहरु रमेश अर्याल, गोपालप्रसाद पाण्डे, श्रीधर बस्याल, राजु पौडेल, राजेन्द्र लम्साल, गोपालप्रसाद अधिकारीले प्रशिक्षण गर्नुभएको थियो ।
युवामा नेतृत्व बिकासकालागि बुटवल उपमहानगरपालिकाका बिभिन्न वडासंग समन्वय गरेर तालिम सञ्चालन गरिएको बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले बताउनु भयो । तालिम ईन्ष्टिच्युटका रुपमा रहेको बुटवल जेसीजले विश्व बिद्यालयमा अध्ययन अध्यापन नहुने तर जीवनलाई सार्थक बनाउनकालागि अपरिहार्य रहेका नेतृत्व बिकास सम्बन्धि तालिम प्रदान गरिने बताउँदै जेसीजले प्रदान गरेका तालिम जीवनोपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमका माध्यमबाट सभ्य समाज निर्माणकालागि जेसीज अभियान रहेको बताउँदै तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न पनि आग्रह गर्नुभयो ।
यस्ता खालका तालिमलाई समय समयमा सञ्चालन गर्दै लगिने तालिम सप्ताहका निर्देशक तथा प्रशिक्षक रमेश अर्यालले जानकारी गराउनु भयो । तालिम कार्यक्रमको समापन कार्यक्रमको सञ्चालन महासचिव राजिव गौतमले गर्नुभएको थियो ।