अपांगता भएका मिस्त्रीलाई फेवा ल्युवको प्रोत्साहन पुरस्कार

617

अपांगता भएका मिस्त्रीलाई फेवा ल्युवको प्रोत्साहन पुरस्कार

बुटवल, २० जेठ । नेपाली कम्पनी फेवा ल्युव आयल प्रा.लीले नवलपरासीको रामनगर १ भुमहीमा रहेको विष्णु अटो ट्रेडर्सका सञ्चालक रमेशकुमार चौधरीलाई व्यबसायिक प्रोत्साहनकालागि पुरस्कार प्रदान गरेको छ । अपांगता भएका व्यक्तिले पनि ग्यारेज सञ्चालन गरेर नमुना काम गरेको भन्दै व्यबसायिक प्रात्साहनकालागि कम्पनीले पुरस्कृत गरेको कम्पनीका डाईरेक्टर जीवन गौतमले बताउनु भयो ।

कम्पनीका डाईरेक्टर गौतम, कम्पनीका कन्ट्री म्यानेजर शोभित कार्की, कम्पनीका अधिकृत बिक्रेता जयकृष्ण गैरे ट्रेडर्स बुटवल मिलनचोकका सञ्चालक खगेन्द्र गैरेले सोमबार रामनगर १ भुमही स्थित चौधरीको ग्यारेज बिष्णु अटो ट्रेडर्समै पुगेर कम्पनीका तर्फबाट ३२ ईन्चको एलईडी टिभि प्रदान गर्नुभएको हो । कम्पनीले प्रादन गरेको टिभी लिँदै विष्णु अटो ट्रेडर्सका सञ्चालक चौधरीले आफूलाई आवश्यक परेको टिभि प्रादान गरेकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले कम्पनीले ल्याएका दुबै ब्राण्ड राम्रो गुणस्तरको भएका कारण त्यसका उपभोक्ता समेत खुसी भएको बताउँदै गुणस्तर कायम राख्न आग्रह गर्नुभयो । दाहिने हात अपांगता भएका चौधरीले सञ्चालन गरेको ग्यारेको आफै मिस्त्रीको काम गर्नुहुन्छ । यस बाहेक कम्पनीले वेलावेलामा स्कीमहरु समेत सञ्चालन गरेको बताउँदै व्यबसायिक प्रवद्र्धनकालागि अव छिट्टै आकर्षक स्कीम ल्याउन लागेको समेत कम्पनीका कन्ट्री म्यानेजर कार्की जानकारी गराउनु भयो ।

झापामा रहेको उक्त नेपाली कम्पनी फेवा ल्युव आयल प्रालीले ‘एन ल्युव’ र ‘क्लासिक’ गरी दुई वटा ब्राण्ड बजारमा ल्याएको छ । देशका बिभिन्न स्थानमा यस्ता व्यबसायमा सञ्चालन गर्दै आएका व्यक्तिहरुको सामुहिक लगानीमा करिव तीन वर्ष अँगाडीदेखि फेवा ल्युव आएका ब्राण्ड बजारमा आएका हुन् ।