पर्यटन पत्रकारिता पुरस्कार अधिकारीलाई

812

पर्यटन पत्रकारिता पुरस्कार अधिकारीलाई

बुटवल, २५ जेठ । होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीले स्थापना गरेको यस वषको पर्यटन पत्रकारिता पुरस्कार पत्रकार डायलसन अधिकारीलाई प्रदान गरेको छ ।

संघले स्थापना गरेको स्व. कालिदास स्मृती अक्षयकोषबाट प्रदान गरिने उक्त पुरस्कार संघको शनिबार आयोजित १९ औं वार्षिक साधारण सभामा रेडियो नेपालका कार्यरत पत्रकार अधिकारीलाई प्रदान गरिएको हो ।

उक्त पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ । उहाँलाई बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले सम्मान पत्र सहित पुरस्कार प्रदान गर्नुभएको हो । सोही अवसरमा संघका कार्यालय सचिव टिकाराम ज्ञवालीलाई पनि कार्यसम्पादनको उच्च मुल्यांकन सहित सम्मान गरिएको छ ।