रुपन्देहीको सैनामैनामा पेस्तोल सहित पाँच पक्राउ

1.3K

रुपन्देहीको सैनामैनामा पेस्तोल सहित पाँच पक्राउ

बुटवल, ३१ जेठ । रुपन्देहीको सैनामैनामा घरेलु हतियार (पेस्तोल) र त्यसमा लाग्ने १ थान गोली सहित पाँच जनालाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रबिनराज मैनालीको नेतृत्वमा रहेको मोवाईल टोलीले सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार शंकास्पद रुपमा हिंडिरहेका उनीहरुलाई खान तलासी गर्ने क्रममा हतियार सहित भेटिएकाले पक्राउ गरिएको हो । उनीहरुमाथि खानतलासी गर्दा सैनामैना नगरपालिका वडा नं. ६ का २० वर्षीय अर्जुन मुसहरको साथबाट पेस्तोल र सोही ठाउँका २० वर्षीय सुरज दर्जीको साथबाट सोही पेस्तोलमा लाग्ने एक थान गोली फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुसंगै प्रहरीले सोही स्थानका २२ वर्षीय मनिस परियार, २९ वर्षीय सालिकराम सुवेदी र १८ वर्षीय प्रदिप मुसहरलाई बिहिबार राती १ बजेको समयमा पक्राउ गरेको हो । हतियार सहित पक्राउ परेका उनीहरुमा माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।