फ्रान्सका लागि सेन्जेन भिषा बन्द भयको खबर झुटो, छुट्टै भिषा चाहिने कुरा निराधार

764

फ्रान्सका लागि सेन्जेन भिषा बन्द भयको खबर झुटो, छुट्टै भिषा चाहिने कुरा निराधार

बेल्जियम
मंसिर ४

फ्रान्सको राजधानी पेरिसमा भयको आक्रमण पछि सेन्जेन भिषा बन्द गरियको खबर झुटो भयको विभिन्न दुतावासहरुले प्रस्ट पारेका छन | पेरिसमा आंतककारी हमला पछि फ्रान्सको लागि छुट्टै भिषा चाहिने कुरा निराधार रहेको उनीहरुले बतायका छन |

फिलिपिन्सको राजधानी मनिला स्थित फ्रेन्च दुतावासकी कामिली कोंडेले फ्रान्स सरकारबाट सेन्जेन भिषा रद्ध भयको कुनै औपचारिक रुपमा आधिकारिक घोषणा नगरेको  बतायकी छिन |’सबै असत्य कुरा हुन् ,फ्रान्स सरकारले अझै सम्म कुनै घोषणा गरेको छैन केवल सिमानामा चेकजाच वृद्धि मात्र गरियको छ |सबै सेन्जेन भिषा भयकाहरु फ्रान्स घुम्न जान सक्नेछन |’कोंडेले फेसबूकमा बतायकी छिन |

उनले थप लेख्दै भनेकी छिन ‘यूरोपियन यूनियनले समेत त्यस्तो कुनै घोषणा गरेको छैन र हामी आफ्नो कार्यतालिका अनुरुप सेन्जेन भिषा दिइरहेका छौ |’त्यस्तै गरेर दिल्ली स्थित फ्रेन्स दुताबासले पनि सेन्जेन भिसामा कुनै परिवर्तन नगरेको जनायको छ |

पेरिसमा आतंककारी हमला पश्चात फ्रान्सले सेन्जेन भिषा बन्द गरेको समाचार सामाजिक संजालमा भाइरल बनेको थियो | उक्त हमलामा परेर १२९ जनाले ज्यान गुमायका थिय भने २ सय बेसी घाइते भयका छन |