आलोपालोको सहमति हो, ढाई वर्ष पुगेको छैन : मन्त्री खनाल

603

आलोपालोको सहमति हो, ढाई वर्ष पुगेको छैन : मन्त्री खनाल

बुटवल, १७ असार । कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपाणी खनालले तत्काल मन्त्रीमण्डल फेरिने कुनै संभावना नभएको बताउनु भएको छ । दुई पार्टी एकता गर्दा आलोपालो सरकार चलाउने सहमति भएपनि ढाई वर्ष अझै नपुगेकाले अहिले नै सरकार बदलीने कुरा हल्ला मात्रै भएको बताउनु भयो ।

रिपोटर्स क्लवले मंगलबार बुटवलमा गरेको कार्यक्रममा मन्त्री खनालले सरकार बदलिने कुरामा बाहिर आएजस्तो हल्ला भित्र नभएको बताउनु भयो । उहाँले पार्टीमा गज्याङमज्याङ रहेको र बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको बताउँदै जवज र २१ शताब्दीको जनबाद दुबैलाई परिमार्जन गरेर जनताको जनवादको लिएर अंगाडी बढ्न सकिने बताउनु भयो ।

‘‘तत्कालीन अवस्थामा दुइ पार्टीबिच पार्टी एकता पनि गरांै, सरकार आलोपालो पनि गरौं भनिएकै हो तर अहिले बेला भएको छैन ।’’ उहाँले भन्नुभयो । मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको र सरकारले कामलाई योजनाबद्ध अघि बढाएको भएपनि भनेजस्तो परिणाम आउन नसकेको स्वीकार गर्नुभयो ।