नाकाको अबरोध हटाउन वान कि मुनको आग्रह

543

नाकाको अबरोध हटाउन वान कि मुनको आग्रह

ban

काठमाडाैं/संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले नेपाल भारत सीमामा अत्यावश्यक सामानको ओसारपसार अवरुद्ध जारि रहेकोमा गहिरो चिन्ता ब्यक्त गरेका छन्। महासचिव वानका प्रवक्ता द्वारा जारी वक्तब्यमा भनिएको छ, ‘नेपाल भारत सीमामा अत्यावश्यक सामानको आवागमनमा देखिएको अबरोध प्रति महासचिवले बढ्दो चिन्ता ब्यक्त गर्नु भएको छ, उहाँ जीवन बचाउन आवश्यक औषधीको बढ्दो अबरोध र तोडफोडका घटना र मानवीय सहायताको काममा परिरहेको असरले चिन्तित हुनु भएको छ।’वक्तब्यमा भनिएको छ, ‘उँहाले सबै पक्षलाई यो अबरोध बिना बिलम्ब हटाउन आग्रह गर्नु भएको छ साथै नेपालको निर्वाध पारवहन अधिकार रहेकोमा जोड दिनु हुन्छ।’ वानले वार्ता, अहिंसा, भेला र प्रदर्शन गर्न पाउने स्वतन्त्रता तथा शान्तिपूर्ण बिरोधको सम्मानका लागि जोड दिएका छन्।सबै पक्षलाई लचकता अपनाई आफ्ना असहमतिलाई शान्तिपूर्ण माध्यम बाट सुल्झाउन पनि वानले आग्रह गरेका छन्. लोकतान्त्रिक,  समावेशी, शान्तिपूर्ण र सम्बृद्ध भबिष्य बनाउने नेपालको प्रयासमा संयुक्त राष्ट्र संघको सधै सहयोग रहने पनि वानले दोहाेर्‍याएका छन् ।