बुटवल–पाल्पा सडक, एकतर्फी सञ्चालनमा

1.3K

बुटवल–पाल्पा सडक, एकतर्फी सञ्चालनमा

बुटवल, २९ असार । ढुंगेपहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड आईतबार साँझ पौने ६ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनका लागि दिउँसो २ बजे देखि उक्त सडकमा यातायात सञ्चालनमा रोकिएको थियो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्डमा पर्ने पाल्पाको तिनाउ गाउपालिका–३ हेडबक्स नजिकै खसेको ढुंगे पहिरोका कारण शनिबार दिउँसो देखि अबरुद्ध भएको सडक आइतबार बिहान साढे १० बजे एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको थियो । शनिबार दिउँसो पहिरो गएर अवरुद्ध बनेको थियो ।

शनिबार साँझसम्मपनि पहिलो हटाउन नसकिएपछि आईतबार बिहान डोजर लगाएर पहिरो हटाई बिहान १० बजेतिर एकतर्फी सडक सञ्चालन गरि रोकिएका सवारी साधनलाई छुटाईएको थियो ।

सवारी सञ्चान हुँदा पहिरो पन्छाउन वाधा परेकाले २ बजेदेखि सवारी सञ्चालन बन्द गरिएको प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । आंशिक रुपमा पहिरो हटाएर साँझबाट एकतर्फी रुपमा यातायात सुचारु गरिएको पनि प्रहरीले जनाएको छ ।