प्रदेश पाँच समृद्धिको यात्राः गोष्ठि र सेमिनारमा मात्रै १५ दिनमै डेढ अर्व खर्च

719

प्रदेश पाँच समृद्धिको यात्राः गोष्ठि र सेमिनारमा मात्रै १५ दिनमै डेढ अर्व खर्च

बुटवल, २९ असार । प्रदेश पाँच सरकारले १५ दिनमा डेढ अर्ब बढि रकम गोष्ठि र सेमिनारमा खर्च गरेको एक प्रदेशसभा सदस्यले आरोप लगाएका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले प्रदेश सरकारले असार महिनाको १५ दिनको अबधिमा डेढ अर्ब बढि रकम गोष्ठि र सेमिनारका नाममा १ अर्ब ५५ करोड खर्च गरेको भन्दै गोष्ठि र सेमिनारका नाममा त्यति ठुलो धनराशी खर्च गर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोड दिनु भयो ।

समयमै ठेक्का लागेका योजनाहरुको काम समेत ठेकेदारहरुले असार महिनामा आएर मात्रै सुरु गर्ने पुरानो परम्पराका कारण योजनाहरु गुणस्तरीय नहुने र राज्यलाई घाटा लाग्ने गरेको भन्दै सत्ता पक्ष नेकपाकै प्रदेशसभा सदस्य घर्तीले प्रदेश सरकारले असारे बिकासको परिपाटी अन्त्य गर्ने तर्फ कदम चाल्न माग गर्नुभयो ।

सिद्धार्थ राजमार्गको बैकल्पिक सडक खण्ड बुटवलको धागो कारखाना चरङ्गे हुँदै झुम्सा चौकी भन्ज्याङ् सडकको काम सुस्त गतिमा भएको भन्दै प्रदेशसभा सदस्य घर्तीले जेठ महिना भित्रै काम सम्पन्न गर्ने व्यवस्था मिलाउन र समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने व्यवस्था गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रदेश सरकार ठुला व्यापारीहरुको प्रभावमा परेको बताउदै उहाँले ठुला व्यापारीहरुले भनेको योजनामा बजेट बिनियोजन गर्ने तर प्रदेशसभा सदस्यहरुले माग गरेका योजनामा बजेट नछुट्टाएको आरोप लगाउनु भयो । उहाँले सिद्धार्थ राजमार्गको बैकल्पिक सडक खण्डको रुपमा लिइएको रानिबगिया–नुवाकोट–दोभान सडक खण्डमा बजेट नछुट्टाएको गुनासो गर्नुभयो ।

चार दिन यता परेको अबिरल बर्षासँगै आएको बाढि र पहिरोमा परी प्रदेश पाँचमा दुई जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्नुभयो । प्रमुख प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठाउने बिषय सत्ता पक्षकै प्रदेशसभा सदस्यले उठाइदिएको भन्दै कतिपय प्रदेशसभा सदस्यहरुले प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुको सामुन्ने प्रदेशसभा सदस्य घर्तीलाई धन्यवाद समेत दिएका थिए ।

कतिपय प्रदेशसभा सदस्यहरुले प्रदेशसभा सदस्य घर्तीलाई प्रदेशसभाको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो भने प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक यही असार ३१ गते दिउसो १ बजे बस्नेगरी स्थगित भएको छ ।