ढुवानीमा ट्रयाकिङ् प्रणाली बिरुद्ध व्यबसायी आन्दोलित

675

ढुवानीमा ट्रयाकिङ् प्रणाली बिरुद्ध व्यबसायी आन्दोलित

बुटवल, २ साउन । बुधबारदेखि लागु भएको माल सामान ढुवानीमा ट्रयाकिङ् प्रणाली बिरुद्ध रुपन्देहीका व्यबसायिक संघसंस्थाहरु आन्दोलित भएका छन् । उक्त प्रणालीका बिरुद्ध देशभरका व्यबसायी आन्दोलित भईरहँदा रुपन्देहीका व्यबसायी पनि आन्दोलित भएका हुन् ।

बुटवल उद्योग बाणिज्य संघमा बिहिबार भएको व्यबसायिक संघसंस्थाहरुको छलफलबाट उक्त निर्णय सच्याउन आग्रह गर्दै बिहिबार नै सरकारलाई ज्ञापन पत्र बुझाउने र शुक्रबार बुटवलमा बिरोध प्रदर्शन सहित बिरोध सभा गर्ने निर्णय भएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो ।

सरकारले ल्याएको माल सामान ढुवानीमा ट्रयाकिङ् प्रणाली र योगदानमा आधारित सामाजिम सुरक्षा ऐन लागु भएपछि उद्योग व्यबसाय बन्द गर्नुपर्ने स्थिती आउने भन्दै उद्योगी व्यबसायीले यो निर्णय सच्याउन सरकारलाई आग्रह गरेका हुन् । निर्णय नसच्याए उद्योगी व्यबसायी सरकारका बिरुद्ध कडा आन्दोलनमा उत्रिने समेत उनीहरुले चेतावनी दिएका छन् ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सहित आन्तरिक राजश्व कार्यालय, राजश्व अनुसन्धान कार्यालय मार्फत प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाउने र बुटवलमा बिरोध रयाली निकाल्ने निणर्य गरेको बुटवल उद्योग वाणिज्य सघका महासचिव दिनेश प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

ज्ञापन पत्र र बिरोध ¥याली पश्चात पनि अव्यवहारीक ऐन खारेज नभए शुक्रवार साझ सञ्जालको बैठक बसी थप आन्दोलनका कार्यक्रम तय गर्ने निणर्य बैठकले गरेको छ । उक्त भेला तथा अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठ, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका बरिष्ठ उपाध्यक्षम बाबुराम बोहोरा, घरेलु तथा साना उद्योग व्यवसायी महासंघका अध्यक्ष कन्हैयालाल कसौधन,

बुटवल औद्यागिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणी भट्टराई, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी, सैनामैनाका अध्यक्ष राजबहादुर क्षेत्री, देवदहका बरिष्ठ उपाध्यक्ष प्रमोद खनाल, बुटवलका पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजू, ढुवानी व्यवसायी महासंघका महासचिव बिष्णु गैरे लगायतले तत्काल आन्दोनमा गई सरकारलाई निणर्य सच्याउन बाध्य बनाउनु पर्ने बताउनु धारणा राख्नुभएको थियो ।