कारागार चलान गरिएका चालक रिहाई गर्न यातायात मजदुर संघको माग

896

कारागार चलान गरिएका चालक रिहाई गर्न यातायात मजदुर संघको माग

बुटवल, २ साउन । गत असार २ गते नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा बस चालकलाई दोषी करार गरी पुर्पक्षकालागि कारागार चलान गरिएको भन्दै तत्काल रिहाईको माग गरिएको छ । नेपाल यातायात मजदुर संघले बिहिबार एक विज्ञप्ती जारी गरि सत्यतथ्य छानविन गरेर चालकको गल्तीका कारण दुर्घटना प्रमाणित भए कारवाहीको भागिदार हुने बताएको हो ।

नेपाल यातायात मजदुर संघ प्रदेश पाँचका अध्यक्ष आत्मसिंह घर्ती मगर र रुपन्देही जिल्ला अध्यक्ष नरबहादुर रजालीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरि सत्यतथ्य छानविन नगरिकनै चालकलाई हतोत्साहित गराउन कारागार चलान गरिएको भन्दै तत्काल रिहा गर्न माग गर्नुभएको हो ।

गत असार २ गते काठमाण्डौबाट गुल्मीको तम्घास तर्फ जाँदैगरेको लु १ ख ८३२६ नम्बरको बस नवलपुरको गैडाकोटमा विपरित दिशाबाट आउँदैगरेको मोटर साईकल ठक्कर खाएको थियो । दुर्घटनामा परि मोटरसाईकलमा सवार नवलपुरको बुलिङ्टार गाउँपालिका वडा नं. ३ का बिरेन्द्रनन्द गिरीको निधन भएको थियो भने चालक बिष्णुनिर्मल गिरी घाईते भई उपचारकै क्रममा हुनु हुन्छ ।

दुर्घटनामा परेको बसको चालक रामबहादुर श्रेष्ठलाई पुर्पक्षकालागि कारागार चलान गरेको छ । चालकलाई पुर्पक्षकालागि कारागार चलान गरेपछि चालकमाथि विभेतपूर्ण व्यबहार भएको भन्दै यातायात मजदुरहरु आन्दोलित भएका छन् ।