अवको प्रधानमन्त्री प्रचण्डः पौडेल

398

अवको प्रधानमन्त्री प्रचण्डः पौडेल


बुटवल,४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले दुई दलबीचको एकताका बेला शिर्ष नेता वीचको ५ बँुदे सहमति कार्यान्वयन हुनुपर्ने बताउनु भएको छ । सरकारको आलोपालो, पार्टी नेतृत्व आलोपालो, सबै तहका संरचनामा पनि सहमति हुनेगरि तत्कालिन एमाले र तत्कालीन एकिकृत माओबादीका केन्द्रिय नेताबीच पाँचबुदे सहमति भएको उहाँले बताउनु भयो ।
नेता पौडेलले भन्नुभयो– सहमति अनुसार अवको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नै हो ।

नेता पौडेलले यो सार्वजनिक भएको कुरा लुकाउनुपर्ने छैन भन्दै सोही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ भन्नुभयो । नेता पौडेलले बुटवलमा शनिवार आयोजना गरिएको रिपोर्टर्स क्लव प्रदेश ५ को साक्षात्कारमा बोल्दै सरकारमा आलोपालोको सहमति कार्यान्वयन गर्ने बेला अहिले नै नभैसकेको दोहो¥याउनु भयो ।

सरकार विवादमा फसेको स्वीकार्दै उहाँले निर्मला काण्ड, बिधेयक ल्याउने फिर्ता गर्ने, गुठी बिधेयकका सवाल, बिषादी प्रकरणमा सरकारले परिपक्वता नदेखाएको टिप्पणी गर्नुभयो । सुशासनका बिषयमा सरकार कमजोर भएको हो, दुःखको कुरा यस्ता कुरा आउनु हुन्थेन, तर काम र प्रकृया भने आरम्भ भएको उहाँले बताउनु भयो । उनले गुठी बिधेयक तत्कालका लागि स्थगन भएको भन्दै फिर्ता नभएको प्रष्ट पार्नुभयो ।
प्रचण्ड निकटका नेता पौडेलले ओलीपछिको नेता पुष्पकमल दाहाल नै भएको दोहो¥याउनु भयो ।

सरकार कहाँ छ भन्ने पत्रकारको जिज्ञासामा नेता पौडेलले भन्नुभयो– बिषादीमा प्रधानमन्त्रीले माफी माग्नुभएकै छ, मन्त्रालयका सचिवका वीचको समस्याले सरकारलाई अप्ठ्यारो पारेको हो, मन्त्रालयको अपरिपक्वता देखियो, सरकारले गतिबिधि गरिरहेको तर देखिनेगरी रिजल्ट नदेखिएको हो ।’उहाँले अब दुई ठाउँमा प्रभावकारी काम गर्नुपर्छ, एउटा पार्टीले प्रभावकारी रुपमा काम गर्ने र अर्को चाहीँ सरकारबाट जनताका भावनाहरु सम्बोधन हुनेगरि त्यसका लागि हामीले अहिले मन्त्रालयबाट भइरहेका काम कारवाही फेर्नुपर्छ, सरकार गतिशील बनाउन मन्त्रीपनि फेर्नुपर्छ भन्नुभयो ।

फरक प्रसंगमा पौडेललले मिडिया काउन्सिल बिधेयक संसोधन गर्ने तयारी भैरहेको बताउनु भयो । रुपन्देहीको तिलोत्तमामा बुद्ध मुर्ति फोरिएको प्रश्नको जवाफमा पौडेलले यो अपराधजन्य गतिबिधि हो, बुद्ध मुर्ति तोडफोड गर्नु अपराधजन्य गिरोहको काम हो, प्रशासनले छिटोभन्दा छिटो पहिचान गरि कारबाही गर्नुपर्छ भन्नुभयो ।