प्रधानमन्त्री शक्ति केन्द्रिकृतमा लागिरहे ज्ञानेन्द्रको हालतमा पुग्ने : काँग्रेस नेता खाँण

615

प्रधानमन्त्री शक्ति केन्द्रिकृतमा लागिरहे ज्ञानेन्द्रको हालतमा पुग्ने : काँग्रेस नेता खाँण

बुटवल, ४साउन । नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री केपि शर्मा ओली शक्ति केन्द्रिकृतमा लागिरहे ज्ञानेन्द्रको हालतमा पुग्ने बताउनु भएको छ  । शक्ति केन्द्रिकृतकै दुष्प्रयासका कारण जनताले पुर्वराजा ज्ञानेन्द्रको सत्ता ढालिदिएको स्मरण गर्दै उहाँले शक्ति केन्द्रिकृतमा लागीरहे ओलीतन्त्र पनि समाप्त भएर जाने ठोकुवा गर्नु भयोे । वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलको अयोजनामा भएको विपि कोइराला र बर्तमान सन्र्दभ बिषयक बिचार गोष्ठिलाइ सम्बोधन गर्दै नेता खाँणले प्रम ओली शक्तिको अत्यन्तै भोको रहेको र त्यसले उनलाइ पतनको बाटोमा डो¥याएको उल्लेख गर्नुभयो ।

‘ओलीलाइ प्रधानमन्त्री मात्रै भएर पुगेन । राज्यका महत्वपूर्ण बिभाग,अर्थ, गृह र अन्य विकास मन्त्रालयका अधिकार पनि सबै चाहिएको छ’ नेता खाँणले भन्नुभयो– ‘ओलीले यसैगरी शक्तिकेन्द्रिकृत गरीरहे र जनताका मौलिक हकहरु खोस्ने दुष्प्रयास जारी राखे ज्ञानेन्द्रकै नियती भोग्ने निश्चित छ’ । लोकतान्त्रिक शासन पद्यतीमा हुनु पर्ने जवाफदेहिता,पारदर्शिता र जिम्मेबारीपन अहिलेको सरकारमा नदेखिएको बर्तमान परिप्रेक्ष्यमा बिपिका बिचार र सिद्धान्तको सान्दभिर्कता झन बढेको नेता खाँणले बताउनु भयो । लोकतान्त्रिक शासन पद्यतीमै विश्वास नगर्ने कम्युनिष्टहरु सरकारका रहेकाले नागरिकका हक अधिकारको रक्षाकालागि वीपीका सिद्धान्त र बिचारलाइ आदर्श मान्नेहरु चनाखो हुनु पर्ने बेला आएको बताउनु भएको छ ।

विश्वका कुनैपनि कम्युनिष्टहरुले जनताको सर्वोच्तालाइ नस्वीकार्ने उल्लेख गर्दै उहाँले ओली सरकारलेपनि नागरिकलाइ मालिक नभइ सरकारको सेवकका रुपमा लिएको बताउनु भयो । कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक, योजना आयोगका पुर्व उपाध्यक्ष डा.गोबिन्द पोख्रेल,वीपी कोइराला अध्ययन प्रतिष्ठान बुटवलका अध्यक्ष युवाराज गीरी,बुटवल नगरसभापती खेलराज पाण्डे,खिमानन्द भट्टराइ,लगायतले बोल्दै नेपाली काँग्रेसले सदैब बीपीका बिचार,सिद्धान्त र प्रजातान्त्रिक समाजबादलाइ अंगालेर जनताको पक्षमा शसक्त आवाज उठाउने काम गरीरहेको बताउनु भयो ।