बुटवलमा विपिको सम्झनामा माल्यार्पण र बृक्षा रोपण

595

बुटवलमा विपिको सम्झनामा माल्यार्पण र बृक्षा रोपण


बुटवल, ६ साउन । नेपाली काँग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेस्वर प्रसाद कोइरालाको ३७ औं स्मृति दिवशमा बुटवलमा शालिकमा माल्र्यापण र तिलोत्तमामा बृक्षा रोपण कार्यक्रम गरीएको छ । नेपाली काँग्रेस बुटवल नगरसमितीको आयोजनामा भएको कार्यक्रममा काँग्रेस नेताहरुले विपिको शालिकमा माल्यार्पण गर्दै पार्टीलाइ बलियो बनाउनविपिका बिचारर सिद्धान्तलाइ आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने खाँचो औल्याए ।

बुटवलको अमरपथ स्थितविपि चोकमा रहेको शालिकमा माल्यार्पण गर्दै काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले मुलुकमा कम्युष्टि सरकारको अधिनायकबाद र स्वयच्छाचारी प्रवृत्ति बढ्दै गइरहेको अवस्थामा त्यसका बिरुद्ध पार्टी एक ढिक्का भएर अगाडी बढ्नु पर्ने खाँचो औल्याए । विपिले देखाएको त्याग र निष्ठाको मार्गलाइ नेता कार्यकर्ता सबैले अबलम्बन गर्न सके काँग्रेसलाइ कसैले पछि पार्न नसक्ने सभापती रज्जाकले बताउनु भयो । कार्यक्रममा सचिव रामकृष्ण खाँण,क्षेत्रीय सभापती हरी लम्साल, महासमिति सदस्य बालकुमारी भण्डारी, नगरसभापती खेलराज पाण्डे, बिमलराज भट्टराइ,रामबहादुर कार्की,ज्योती भण्डारी,रमेश शाही लगायतले बोल्दैविपिले प्रतिपादन गरेका सिद्धान्त र देखाएको बाटोमा हिडेर काँग्रेसलाइ बलीयो बनाउनु पर्नेमा जोड दिए । त्यस्तै काँग्रेस जिल्ला कार्यसमितिले तिलोत्तमा १७ को विपि ग्राममा बृक्षा रोपण गरेको छ । विपिको सम्झनामा ग्राममा एक सय बढी फलफुलका बिरुवा रोपीएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले बताउनु भयो ।

प्रजातन्त्र प्राप्तीकालागि जीवन उत्सर्ष गरेका विशेश्वर प्रसाद कोइरालाको जन्म बिक्रम सम्बत १९७१ साल भदौ २४ गते भएको थियो । जहानीया राणा शासन बिरुद्ध लड्न २००३ सालमा विपिकै नेतृत्वमा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । २००७ सालको जनक्रान्तिको नेतृत्व विपिले नै गरेका थिए । विपि २०१५ सालमा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । पहिलो संसदिय निर्वाचनमा उनी बिराटनगरबाट बिजयी भएका थिए । २०१७ साल पुष १ गते तत्कालिन राजा महेन्द्रले विपिको सरकार अपदस्त गरेपछि उनलाइ सिहंदरबारमै बन्दी बनाइएको थियो ।

एकमहिना पछि सुन्दरीजल बन्दि गृहमा सारीएको हो । जेलमै बिरामी परेपछि २०२५ सालमा स्वास्थ्य परिक्षणकालागि कारागार मुक्त हुनु भएको थियो । त्यसपछिका ८ बर्ष भारतमा निर्वासनमा रहेर प्रजातन्त्र पुर्नस्थापनाकालागि लडीरहे । २०३३ सालमा पुष १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्कीएका विपिको २०३९ साल साउन ६ गते निधन भएको हो । आफना संस्थापक नेता विपि कोइरालाको सम्झानामा काँग्रेसले साउन ६ गते देशैभरी बिभिन्न कार्यक्रम गरी स्मृति दिवश मनाइन्छ ।।