
बुटवल, १२ साउन । सप्तरङी कला केन्द्र रुपन्देहीले सञ्चालन गरेको स्टेप अफ डान्सको उपाधी दिपिका थापाले प्राप्त गरेकी छन् । शनिबार साँझ भएको ग्राण्ड फिनालेमा २० जनालाई पछाडी पार्दै दिपिकाले उपाधी हात गरेकी हुन् । प्रतिस्पर्धाको ग्राण्ड पिनालेमा २१ प्रतियोगी सहभागि थिए । उपाधीसंगै उनले १ लाख रुपैंया नगद सहित पुरस्कार प्राप्त गरेकी छन् ।
प्रतियोगितामा एन्जल राना द्वितीय, सुनिल गुरुङ तृतीय र मिफूरुङ सारु सान्त्वना भएका छन् । उनीहरुलाई क्रमश ५० हजार, २५ हजार र १५ हजार रुपैंया नगद सहित पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई कला केन्द्रका प्रवन्धक रबि थापा र मायाँदेवी टेक्निकल कलेजका प्रवन्धक चिरञ्जिवी जोशीले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा सामाजिक अभियानता मुक्तिराज पौडेल, तिलोत्तमा जेसिसका अध्यक्ष जयप्रकाश भट्टराई, नेपाल मगर संघकी जिल्ला सदस्य निर्मला थापा, महिला संघ तिलोत्तमा नगर सभापति राधिका श्रीस, युवा नेता मधु राई, नेपाल प्रेस युनियन रुपन्देहीका सचिब कबिन्द्र नेपाल लगायत सहभागिता रहेको कार्यक्रम संयोजक अर्जुन गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा पुरस्कार प्रदान गर्दै मायाँदेवी टेक्निकल कलेजका प्रवन्धक जोशीले कलाकेन्द्रले स्थानीय स्तरमा राम्रो काम गरेको र यस्ता कार्यक्रमले बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रष्फूटन गराउन तथा कला बिकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भयो । कला केन्द्रका प्रवन्धक रबी थापाले कला संस्कृतीलाई उजागर गर्नेगरी आगामी दिनमा नयाँ कार्यक्रम ल्याउने बताउनु भयो ।