मोर्चाले पर्यटकका गाडी रोक्ने

260

मोर्चाले पर्यटकका गाडी रोक्ने

sadvabananaभैरहवा/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रवारदेखि रुपन्देहीमा पर्यटकका गाडीहरु समेत रोकेर पुनः मधेश बन्दको आह्वान गरेको छ । मोर्चाले बिहिवार भैरहवामा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी सहित बन्द आह्वान गरिएको जानकारी गराएको हो ।
प्रहरी प्रशासनले भदौं ६ गतेदेखि भैरहवा वेलहिया क्षेत्रमा लगाउदैं आएको निषेधाज्ञा अझै नहटाएकोले वाध्य भएर पर्यटकको गाडीहरु लुम्विनी आवत जावत गर्न नदिई ठप्प पार्ने निर्णय गरेको र सोही अनुसार कार्यकर्ताहरु परिचालन गर्न थालिएको सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले बताउनु भयो । विद्यालयका गाडीहरु चल्न नदिने तर कालो झण्डा बोकेका मोटरसाईकलहरु भने नरोकिने उहांले वताउनु भयो । सरकारले मोर्चाको मागप्रति वेवास्ता गरेकाले नाकावन्दी पुर्ण रुपमा सफल पार्दै अझ संसक्त आन्दोलनका लागि पुनः बन्दको कार्यक्रमहरु ल्याईएको मोर्चाका रुपन्देही जिल्ला संयोजक महेन्द्र यादवले बताउनु भयो । पत्रकार सम्मेलनमा तमलोपाका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावना पार्टीका जिल्ला अध्यक्ष आनन्द गुप्ता, विद्या यादव, सन्तोष पाण्डेयलगायतका कार्यकर्ताहरु सहभागी थिए प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले भने मोर्चालाई शान्तिपुर्ण आन्दोलन गर्न आग्रह गर्दै पर्यटकका गाडी रोक्ने र पर्यटकहरुमाथि दुरव्यवहारका घटना गर्ने जोसुकैलाई समातेर कार्वाही चलाउन प्रहरीलाई कडा निर्देशन दिएको बताउनु भयो ।