समाजबादी पार्टीका नेतालाईमाथि गोली प्रहार

434

समाजबादी पार्टीका नेतालाईमाथि गोली प्रहार

कपिलबस्तु, १६ साउन । कपिलवस्तुको दक्षिणी क्षेत्र शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल नजिकै विहीबार दिउँसो समाजबादी पार्टीका स्थानीय नेता रामनयन यादव माथि गोली प्रहार भएको हो ।

यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत हुनुहुन्थ्यो । उहाँ अहिले समाजवादी समाजबादी पार्टीमा हुनुहुन्छ । गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा मोटरसाईकलमा सवार २ जनाको अज्ञात समुहले गोली प्रहार गरेको हो ।

गोली लागेर घाईते यादवको तौलिहवामा उपचार भएको बताईएको छ । उहाँलाई देब्रे पाखुरामा गोली लागेको छ ।