निगमकै कर्मचारी तेलको कालोबजारीमा

604

निगमकै कर्मचारी तेलको कालोबजारीमा

pamp
भैरहवा/ जिल्ला सुरक्षा समिती रुपन्देहीले नेपाल आयल निगमको शंकास्पद डिजेलको टेंकर नियन्त्रणमा लिई कर्मचारीमाथि छानिविन सुरु गरेको छ । सुरक्षा समितीको निर्देशन विपरित नेपाल आयल निगम भलवारी डिपोका प्रमुख दिनेशकुमार यादव र आयल निगमका प्रवन्ध निर्देशक गोपालबहादुर खड्काले व्ल्याक लिस्टमा परेको काडमाण्डौं स्वम्भुस्थित हामा पेट्रोल पम्पलाई विहिवार पठाउदै गरेको १२ हजार लिटर डिजेल टेंकर नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । डिपो प्रमुख यादवले गोप्य रुपमा पठाएको ना ४ ख ४१३५ नम्वरको उक्त शंकास्पद टेंकरलाई नवलपरासीको वर्दघाटबाट प्रहरीले नियन्त्रणमा लिएको हो । विशेष सुराकिको आधारमा रुपन्देहीका प्रमुख ल्लिा अधिकारी र अंचल प्रहरी कार्यालय लुम्बिनीका प्रमुखको निर्देशनमा उक्त टेंकर बिहिवार राती ९ बजे नवलपरासीको वर्दघाटमा पक्राउ गरी अडासार गर्दै अहिले रुपन्देही बुटवलस्थित रामनगर वडा प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले आयल निगमको हाकीमले वदमासी गरी सुरक्षा समितीको बैठक विपरीत टेंकर पठाएको र अर्कोतर्फ काठमाण्डौ डिपोमा पठाउनुको सट्टा सिधै कालोसूचीमा परेको हामा पेट्रोल पम्पमा पठाएकोले सरसर गल्ती गरेकाले टेंकर नियन्त्रणमा लिई अनुसन्धान एवं कार्वाही अगाडी वढाएको जानकारी दिनुभयो । डिपो प्रमुख दिनेश यादवले आफू निर्दोस रहेको बताउँदै निगमका कार्यकारी प्रमुखको कार्तिक १५ गतेको निर्देशन पत्र र हाम्रा पम्पले पैसा जम्मा गरेको विल भौचरका आधारमा १२ हजार डिजेलको टेंकर पठाएको बताउनु भयो ।