बिद्यार्थीलाई स्वास्थ्य सम्बन्धि तालिम

686

बिद्यार्थीलाई स्वास्थ्य सम्बन्धि तालिम

बुटवल, १७ साउन । संजीवनी कलेज अफ मेडिकल साइन्सेज बुटवलमा व्याचलर अफ पब्लिक हेल्थ छैटौं सेमेष्टरमा अध्ययनरत तथा अन्य माध्यमिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई तालिम प्रदान गरिएको छ । दुई दिने तालिममा उनीहरुलाई महिनावारी सरसफाई व्यवस्थापन र इन्टरनेट लत र त्यसले स्वास्थ्य र शिक्षामा पार्ने प्रभावका विषयमा तालिम प्रदान गरिएको हो ।

कलेजका दोश्रो सेमेष्टरका विद्यार्थी र रुपन्देही जिल्लाका दश वटा माध्यमिक बिद्यालयमा बिज्ञान बिषयका बिद्यार्थी गरि ४० जना सहभागि थिए । तालिमको समापन कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका उपनिर्देशक महेश बरालले सहभागिलाई प्रमाणपत्र बितरण गर्दै तालिम लिने भन्दा पनि तालिममा सिकेका कुरा व्यबहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोका, प्रिन्सिपल सुमित्रा कोइराला, तालिम संयोजक मदन पन्थी, प्रशासकीय अधिकृत राजु अर्याल, आश्रीत श्रेष्ठ, शारदा शर्मा, प्रकाश पौडे, समिक्षा अर्याल लगायतले भनाई राख्नुभएको थियो । तालिमको सहजीकरण छैठौं सेमेष्टरका बिद्यार्थीले गरेका थिए ।