यूरोपियन राजधानी ब्रसेल्समा सुरक्षा खतराको स्तर वृद्धि

429

यूरोपियन राजधानी ब्रसेल्समा  सुरक्षा खतराको स्तर वृद्धि

बेल्जियम
मंसिर ५

यूरोपियन राजधानी ब्रसेल्सलाइ सबैभन्दा धेरै सुरक्षा खतराको स्तर ‘४’ मा राखियको छ | बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिसेलले जारि गरेको बिज्ञप्तिमा सुरक्षा खतराको स्तर वृद्धि गरियको जनाईयको छ | ब्रसेल्समा अहिले सबै ठाउहरुमा सेना परिचालन गरेको छ | सुक्रबार राति देखि सो स्तर वृद्धि गरियको हो |

यस संगै भोलि सम्मको लागि पहिलो र दोस्रो श्रेणीका फूटबल खेलहरु रद्ध गरियको छ भने ब्रसेल्स क्षेत्रमा चल्ने मेट्रोहरु बन्द गरियको छ | बस र ट्राम भने चल्ने जनाईयको छ |बर्सेल्स क्षेत्रमा रहेका १९ नगरपालिकाहरुमा प्रमुख कार्यहरु तथा योजनाहरु रद्ध गर्न बेल्जियम सरकारले सुझाब दियको यहाका संचार माध्यमहरुले जनायका छन |बढी भिड भाड हुने स्थानहरुमा नजान तथा विना विशेष काम वाहिर नजान बेल्जियम सरकारले बर्सेल्स क्षेत्रमा रहने सबैलाइ सुचित गरिरहेको छ |

बेल्जियममा यस अघि सन् २००७ -२००८ क्रिसमसको समयमा सुरक्षा स्थिति खतरा रहेको भन्दै स्तर ४ मा राखियको थियो | जुन यकदम माथिल्लो बिन्दु रहेको छ | अहिलेको यो उच्च सतर्कता तथा खतराको स्थिति केवल राजधानी बर्सेल्स क्षेत्रमा मात्रै लागु गरियको छ | पेरिसको घटना लगत्तै बेल्जियम सरकारले सबै जसो स्थानहरुमा सुरक्षा मध्यनजर राख्दै स्तर ३ मा राखेको थियों | उक्त घटना पश्चात बेल्जियम स्पेन बीच हुने भनियको फूटबल खेल पनि रद्ध गरियको थियो |