ई–लाईव्रेरीकालागि क्याम्पसलाई कम्प्युटर प्रदान

655

ई–लाईव्रेरीकालागि क्याम्पसलाई कम्प्युटर प्रदान

बुटवल, २२ साउन । एनएमबि बैंकले गुल्मीको रेसुङ्गा बहुमुखी क्यामपसमा ई–लाईव्रेरी स्थापनाको लागि कम्प्युटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै क्याम्पसमा ई–लाईव्रेरी स्थापनाको लागि तीन थान कम्प्युटर प्रदान गरेको हो । एनएमबि बैंक तम्घास शाखाले आयोजना गरेको कार्यक्रममा बैंकका पाँच नम्बर प्रदेश प्रमुख सुरेन्द्रमान महर्जनले क्याम्पस प्रमुख हरिबहादुर खत्रीलाई उक्त कम्प्युटर हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख खत्रीले क्याम्पसमा ई–लाईव्रेरी स्थापनाले शैक्षिक गुणस्तरमा बृद्धि हुने बताउँदै ई–लाईव्रेरी स्थापनामा कम्प्युटर सहयोग गरेकामा बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै बैंकका प्रदेश प्रमुख महर्जनले बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै क्याम्पसमा ई–लाईव्रेरी सञ्चालनकालागि कम्प्युटर प्रदान गरिएको र बैैंकले गरेको सानो सहयोगबाट क्याम्पस र बिद्यार्थीले समेत समुचित लाभ उठाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

बैंकका तम्घास शाखाका प्रवन्धक प्रविन अधिकारीले क्याम्पसमा ई–लाईव्रेरी स्थापनाले बिद्यार्थीले शैक्षिक सुधार हुनेमा विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि हुने सहयोग जारी हुने बताउनु भयो ।