ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग

791

ग्लोरीका विद्यार्थीद्वारा पहिरो पीडितलाई सहयोग

बुटवल, २२ साउन । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ३ ठूलोलुम्पेक र वडा नम्वर ४ लिम्घामा गएको पहिरो पीडितका लागि विभिन्न संघसंस्थाले सहयोय हस्तान्तरण तथा संकलन कार्यलाई निरन्तरता दिएका छन् । सहयोग संकलन तथा हस्तान्तरण कार्यक्र अन्तर्गत बुटवल उपमहानगरपालिका १३ बेलबासमा अवस्थित ग्लोरी इङ्गलिस बोर्डिङ्ग स्कूलमा गठित युवा रेडक्रस सर्कलले पनि पहिरो पीडितलाई सहयोग गरेको छ ।

बिद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले राहतकालागि संकलन गरेको नगद १३ हजार १०२ रुपैयाँ ग्लोरी बोर्डिङ्गका प्राचार्य तथा सर्कलका संरक्षक बीरबहादुर थापा र सर्कलका अध्यक्ष पुनम भुसालले बुधबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी तराईवासी राहत संकलन मूल समितिलाई हस्तान्तरण गर्नुभएको हो ।

तराईवासी राहत संकलन मूल समितिका सल्लाहकार पिताम्बर पुनको अध्यक्षतामा भको राहत रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य थापा, शिक्षक टुकनारायण गौडेल, साहत संकलन समितिका सदस्य सुन्दर तरामु, हरिदेब थापा लगायतले बोल्दै विद्यालयमा पढ्ने विद्यार्थीहरुले मानविय सेवा अन्तर्गत पहिरो पीडितका लागि गरेको सहयोग प्रशंसनिय र उदाहरणीय रहेको बताउनु भयो ।

उहांहरुले शिक्षक, कर्मचारी र विद्यार्थीहरुले संकलन गरेको राहत रकम पहिरो प्रभावित क्षेत्रमा पुगेर पीडित जनताको राहत र पुनस्र्थपनामा खर्च गर्नेगरी हस्तान्तरण गरिने प्रतिवद्धता जनाउनु भयो । सो कार्यक्रम युवा रेडक्रस सर्कलका सदस्य विद्यार्थी मिमिक पुनको संचालनमा भको थियो ।