रुपन्देहीमा महिला हिंसाका घटनामा बृद्धि

685

रुपन्देहीमा महिला हिंसाका घटनामा बृद्धि

बुटवल, २२ साउन । रुपन्देही जिल्लामा महिला तथा बालबालिका सम्बन्धी विभिन्न अपराधका घटनामा हरेक वर्ष वद्धि हुदै गएको तथ्याकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उपलब्ध गराएको विगत ३ वर्षको तथ्याकमा जिल्लामा हरेक वर्ष अपराधका घटनामा वृद्धि भएको देखाएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷०७६ मा ६९७ वटा महिला तथा बालबालिका सम्बन्धी घटना भएको प्रहरीले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा ५८३ र आर्थिक वर्ष २०७३÷०७४ मा ५३७ वटा महिला तथा बालबालिका सम्बन्धी घटना प्रहरीमा दर्ता भएका थिए ।

आर्थिक वर्ष ०७५÷०७६ मा जिल्लामा प्रहरीमा परेका उजुरीका आधारमा जवरजस्ती करणी ७०, मानव बेचिबखन तथा ओसार पसार १७, जवरजस्ती करणी उधोग ३२, बहुबिबाहका ४३, बालबिबाहको १, कर्तव्य ज्यान ३, फुटकर ज्यान ११, भव्यतव्य ज्यान ३१ वटा घटना भएका छन् । त्यस्तै झुण्डी आत्महत्या ५५, बिष सेवन गरी आत्महत्या २५, आगो लगाएर आत्म हत्या ३ वटा रहेका छन् । त्यसै गरि ज्यान मार्ने उधोग २, कुटिपट अंगभंग १, वोक्सी आरोप १, जातीय भेदभाव १, सार्वजिनक अपराध ५ र घरेलु ंिहंसा ४२९ वटा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनु भयो । त्यस्तै जिल्लामा वितेको १ वर्षमा महिला ३२० वालक ६६ र वालिका १४१ गरि ५ सय २७ जना हराएकोमा ४ सय ३९ जना फेला परेको पनि प्रहरीले जनाएको छ ।

यसरी हराउने संख्या पनि हरेक वर्ष वृद्धि हुदै गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा जिल्लामा १८९ महिला, ३० वालक र ७९ वालिका गरि २९८ जना हराएकोमा १५६ जना भेटिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७४÷०७५मा जिल्लामा १८१ महिला, २० वालक र ७१ वालिका गरि २७२ जना हराएकोमा २६३ जना भेटिएका थिए ।

प्रहरीले वितेको आर्थिक वर्षमा ४४ महिला, ५ वालक र ४ वालिका गरि ५३ जनालाई भारतवाट उद्दार गरेको पनि जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा १ हजार ६ सय ५२ वटा मुद्दा दर्ता गरेकोमा आर्थिक वर्ष २०७५÷०७६ मा १ हजार ८ सय ३७ वटा मुद्दा दर्ता गरेको जनाएको छ । प्रहरीले दर्ता गरेको मुद्दा मध्ये ३७१ वटा लागुऔषधका मात्र रहेका छन् । लागु औषधमा ३२ महिला सहित ५२१ जनालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाईएको प्रहरीले जनाएको छ । यसले पनि जिल्लामा लागु औषधको अवस्थाको चित्रण गर्दछ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चालु आर्थिक बर्षको साउन महिनाकोे २१ दिनमा जिल्लाको बिभिन्न स्थानवाट गस्ती तथा चेकजांचका क्रममा भारतबाट भन्सार छली अबैद्य रुपमा नेपाल ल्याउदै गरेका ९ लाख ३२ हजार ९२२ रुपैयाँ वरावरका विभिन्न सामानहरु वरामद गरि आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको जनाएको छ ।