‘फन्को’ को प्रिमियर सो बेल्जियममा ,बेल्जियम पछि नेपालमा प्रदर्शन हुने

699

‘फन्को’ को प्रिमियर सो बेल्जियममा ,बेल्जियम पछि नेपालमा प्रदर्शन हुने

बेल्जियम
मंसिर ५

नेपाली चलचित्र  फन्कोको पहिलोपटक बेल्जियमबाट प्रिमियर सो हुने भयको छ |   १५ माघ मा देसब्यापी प्रदशनको तयारीमा रहेको चलचित्र फन्कोले बेल्जियमको लुभेनस्थित स्तुक हलबाट  आफ्नो पहिलो प्रिमियर सो सुरु गर्ने भयको हो |
विसेशत   युवाहरुको वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै चलचित्र निर्माण गरियको छ |चलचित्र फन्कोमा युवाहरु पैसाको लागि कुन हद सम्म पुग्न सक्छन तथा के सम्म गर्न सक्छन भन्ने कुरालाई छर्लंग पार्न खोजियको छ |फिल्म ‘फन्को ’ ले यही मर्मलाई समातेर दर्शक रिझाउने प्रयास गरेको छ।
उक्त चलचित्रमा जीपको मुख्य भूमिका रहेको फिल्ममा सौगात मल्ल ड्राइभर रहेका छन् भने केकी अधिकारी ड्राइभरकी श्रीमतीको भूमिकामा देखा परेकी छन्। फिल्ममा अनुप बराल पेट्रोल पम्प साहु र दयाहांग राई पेसेवर गुण्डाको रुपमा अभिनय गरेका छन। फिल्मले सामयिक राजनीतिक परिवेशलाई उजागर गरेको छ। फिल्ममा कमेडी, सस्पेन्स र हास्यलाइ रोचक ढंगले प्रस्तुत गरिएको छ।
चलचित्रमा कलाकार सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, दयाहांग राई, अनुप बरालको मुख्य अभिनय रहेको र  पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखरा र दमौली क्षेत्रमा फिल्मको छायांकन गरिएको छ |
हेटौडा मुभी मेकरको ब्यानरमा  नरेन्द्र महर्जन निर्देशन साथै  बेल्जियमका  शहदेब गौतम र पदम गुरुङको लगानीमा निर्मित उक्त चलचित्र धेरैले मन पराउने निर्माताहरुले विस्वास लियका छन |आउदो सोमवार २३ नोभेम्वर लुभेनस्थित स्तुक हलमा १२ बजे र २.३० बजे गरि दुइ पटक प्रदर्शन गरिने छ |