स्वर्गीय दिनानाथ पाण्डेको स्मृतिमा शोकसभा

491

स्वर्गीय दिनानाथ पाण्डेको स्मृतिमा शोकसभा

बुटवल, २२ साउन । नेपाल प्रेस युनियन रुपन्देहीका सल्लाहकार तथा पूर्व सभापति छविलाल पाण्डेका पिता दिनानाथ पाण्डेको निधनमा नेपाली काँग्रेसले शोक सभा गरेको छ । पत्रकार पाण्डेको निवास सैनामैना नगरपालिका वडा नं. ४ लेडुवामा नेपाली काँग्रेस सैनामैना वडा नं. ४ को समितिले बुधबार शोक सभा गरेको हो ।

शोक सभामा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य रामवली चौधरीले दिनानाथ पाण्डे नेपाली काँग्रेस मात्रै नभएर सिंगो समाजको ऐना भएको बताउनु भयो । उहाँलाई गुमाउनु पर्दा सिंगो नेपाली काँग्रेस र समाजलाई समेत ठूलो क्षेती भएको बताउँदै जिल्ला सदस्य चौधरीले उहाँको अभाव सधै खड्कीरहने र उहाँले देखाएको बाटोमा अंगाडी बढ्न सके त्यस क्षेत्रको समेत बिकासमा ईटा थपिने उल्लेख गर्नुभयो ।

वडाका कार्यवहाक सभापति जगन्नाथ गौतमको सभापतित्वमा भएको शोक सभामा नेपाली काँग्रेसका क्षेत्रीय कोषाध्यक्ष राजबहादुर क्षेत्री, माधव घिमिरे लगायतले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यस्तै नेपाली काँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारीले स्वर्गीय दिनानाथको जीवनी प्रकाश पार्दै उहाँ त्यस भूगोलकै अग्रज व्यक्त भएको बताउनु भयो । स्वर्गीय दिनानाथ त्यसै भूमिमा जन्मिएको र त्यही भूमिमा ८३ वर्ष पार गरेर स्वर्गारोहण भएको बताउँदै सभापति अधिकारीले प्रजातान्त्रिक मुल्य र मान्यतामा विश्वास गर्ने स्वर्गीय दिनानाथले राणा, पञ्चायत, राजा, बहुदल र लोकतान्त्रिक गणतन्त्रसम्मको शासन व्यबस्थाको प्रत्यक्ष रुपमा अनुभव हासिल गर्ने बिरलै व्यक्तिमा पर्ने उल्लेख गर्नुभयो ।