सडक विस्तारमा घर भत्काउने काम तत्काल अगाडी नबढ्ने

563

सडक विस्तारमा घर भत्काउने काम तत्काल अगाडी नबढ्ने

बुटवल, २२ साउन । बुटवलको सडक विस्तारका लागि घर भत्काउने कार्य तत्काल अघि नबढ्ने भएको छ । सडक विस्तारका लागि घर भत्काउने सुचना विरुद्ध परेको रिटमा फैसला गर्दै उच्च अदालत तुल्सीपुर बुटवल इजालसले रिट जारी गरेको हो ।

न्यायधिस शेषकान्त सिवाकोटी र दयानाथ खरेलको इजालसले निवेदकको माग बमोजिम रिट जारी भएको फैसला सुनाएको हो । फैसला अनुसार अब जिल्ला प्रशासन कार्यालयको रोहवरमा मात्र क्षतिपूर्तिको प्रक्रिया अघि बढ्ने छ ।

गत चैत १२ गते सडक विस्तारको लागि १५ दिन भित्र घर तथा भवन भत्काउन सडक आयोजनाले सुचना जारी गरेको थियो । उक्त सुचना विरुद्ध घरधनीहरुले बैशाख १० गते उच्च अदालत तुल्सीपुर बुटवल इजालसमा रिट दायर गरेका थिए ।