पत्रकारको वर्गिकरण आवश्यक छ : अध्यक्ष आचार्य

391

पत्रकारको वर्गिकरण आवश्यक छ : अध्यक्ष आचार्य

बुटवल, २४ साउन । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता पेशालाई थप मर्यादित र गुणस्तरिय बनाउन खराव र असल पत्रकारको सूचि बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले पत्रकारितामा क्रियाशिल पत्रकारहरु मध्ये असल र खरावको वर्गिकरण गर्न अपरिहार्य रहेको औल्याउदै मुलुकभर एक आधा दर्जन खराव रहेको समेत बताउनु भयो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीद्वारा शुक्रवार बुटवलमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा वोल्दै अध्यक्ष आचार्यले मिडियामा लगानी गर्ने संचालक र पत्रकार को हुन भन्ने स्पष्ट छुटिनु पर्नेमार भूमिका पनि फरक हुनु पर्नेमा जोड दिनु भयो । उहाँले मुलुक भरका मिडियाले आफनै आचार संहिता बनाएर लागु गर्नु पर्ने बताउदै मिडिया हाउसले वार्षिक आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नु पने बताउनु भयो ।

महासंघका महासचिव रमेश विष्टले राजनैतिक दल, निजामती कर्मचारी र गैरसहकारी संघसंस्थाका व्यक्तिहरुलाई निष्पक्ष मिडियाकाको भूमिका नपच्ने भएकाले पत्रकारितामा पनि सुद्धिकरण जरुरी रहेको औल्याउनु भयो । पत्रकार महासंघका महासचिव रमेश विष्टले महासंघका सदस्य सुद्धिकरणमा अघि बढेको भन्दै त्यसका लागि शाखाहरुको भूमिका पनि आवश्यक भएको बताउनुभयो । कार्यक्रममा महासंघ रुपन्देहीका पूर्व सभापति बालकृष्ण चापाँगाई, विनोद पहाडीले, डिआर घिमिरे सललाहकार नारायण सापकोटा लगायतले पत्रकारहरु ठेक्का पट्टा जस्तो काममा लाग्न नहुने बताउनुभयो ।

महासंघका जिल्ला अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रमा महासंघ प्रदेश उपाध्यक्ष भरत केसी, राष्ट्रिय मानव अधिकार आयोगकी प्रदेश प्रमुख सम्झना शर्मा, इलाका प्रशासन कार्यालयबुटवलका प्रमुख प्रकाश चन्द्र अधिकारी, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भटराई, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष गोबिन्द खनाल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी लगायतले बोल्दै सञ्चारजगत र अन्य सरोकारवालाबीच निरन्तर सम्बाद तथा सहकार्य हुनुपर्ने धारणा राख्नु भएको थियो ।