महिला संघको स्थापना दिवस : महिला स्वास्थ्य सम्बन्धि प्रशिक्षण

689

महिला संघको स्थापना दिवस : महिला स्वास्थ्य सम्बन्धि प्रशिक्षण

बुटवल, २४ साउन । नेपाली काँग्रेसको भातृ संस्था नेपाल महिला संघको ७२ औं स्थापना दिवसको अवसरमा नेपाल महिला संघ रुपन्देहीले महिला स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ । शुक्रबार बुटवलमा आयोजना गरिएको उक्त कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा. शिला क्षेत्रीले स्त्री तथा प्रसुती, स्थन तथा पाठेघरको क्यान्सर रोग लगायतलका बिषयमा प्रशिक्षण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनताको अधिकार संविधानमा स्थापित भएपनि वर्तमान सरकारले कार्यान्वयनमा आलटाल गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले लोकतान्त्रिक शासन प्रणालीप्रति जनतामा वितिष्णा पैदा गराएर एक दलिय शासनको अभ्यासमा लागेको दावी गर्नुभयो ।

नेपाल महिला संघ रुपन्देहीकी अध्यक्ष गंगा शाहीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाली काँग्रेस महासमिति सदस्य बालकुमारी भण्डारी, जमुना ढकाल लगायतले भनाई राख्नुभएको थियो । सोही अवसर पारेर नारीहरुको महान पर्व हरितालिका तीज मिलन कार्यक्रम समेत गरिएको थियो ।