देवदहमाकृति विमोचन तथा रचना वाचन कार्यक्रम

852

देवदहमाकृति विमोचन तथा रचना वाचन कार्यक्रम

indexदेवदह / रुपन्देहीको देवदह–८ पिपलडाडामा अनुराग साहित्य श्रृङखला–९ तथा कृति विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अनुराग साहित्य समाजको आयोजनामा भएको कार्यक्रममा रदिफ सागको ईश्वर बनेका पथ्थरहरु, संयुक्त गजल संग्रह गजल ईन्द्रेणी, गजलकार डा. घनश्याम परिश्रमिको पाश्चात्य साहित्य चिन्तन र संयुक्त मुक्तक संग्रह मुक्तक मिठास गरि ४ वटा कृचि विमोचन गरिएको हो । सो कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सञ्चारकर्मी एवम साहित्यकार डा. नमराज लम्सालले साहित्य जीवनको अभिन्न अंग भएकाले साहित्य संग अल्गिएर कोही बाच्न नसक्ने बताउनु भयो । अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा कथाकार वनमली निराकर, कवि प्रोल्लास सिन्धुलिय, कवि तथा सञ्चारकर्मी रामगोपाल आशुतोष, देवदह नगरपालिकाका कार्यकारी अधिकृत गणेशप्रसाद घिमिरे, नाटककार तथा गजलकार पुरु लम्साल, कवि रुद्र ज्ञवाली, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी,लगाएतले बोल्नु भएको थियो । समाजका उपाध्यक्ष राजीव सापकोटाको स्वागत, सचिव यमलाल अर्यालको सञ्चालन र कोषाध्यक्ष श्याम न्यौपानेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलबस्तु, गुल्मी, चितवन, मोरङ, दोलखा, ओखलढुङ्गा लगाएतका विभिन्न जिल्लाहरुबाट १ सय ५५ जना श्रष्टाहरुको सहभागिता रहेको थियो ।