इन्टलेक्च्यूअलमा लागू औषध सम्बन्धी अन्तरक्रिया

588

इन्टलेक्च्यूअलमा लागू औषध सम्बन्धी अन्तरक्रिया


बुटवल ५ भदौ । इन्टलेक्च्यूअल एकेडेमी बुटवलमा आज बिहीवार लागुऔषध दुव्र्यसनी सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । विद्यालयले शुरु गरेको प्रोजेक्टमा आधारित इन्टरनेशनल स्कुल अर्वाड अन्तरर्गत कार्यक्रममा लागु औषध र प्रहरीको भुमिकाको बारेमा वडा प्रहरी कार्यलय बुटवलका प्रहरी निरिक्षक हेमवहादुर केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्रमा लागु औषधले समाजमा पार्ने प्रभावस“गै मानव स्वस्थ्यमा गर्ने असर लगाएत नेपालमा कसरी विक्री वितरण भइरहेको छ जस्ता विषयमा विद्यार्थीहरुलाई श्रव्य दृष्यको माध्यमबाट जानकारी दिनुभएको थियो ।

कार्यक्रममा विद्यार्थीले विद्यार्थी र प्रहरी विचको सहकार्य भएमा लागु औषध नियन्त्रण गर्न सजिलो हुने धारणा राखेका थिए । कक्षा ८ र ९ का विद्यार्थी र शिक्षक सहभागी कार्यक्रममा विद्यालयका प्रवन्ध निर्देशक रामराज पोख्रेल, आइएसए कोर्डीनेटर राजु क“ुवर, शैक्षिक संयोजक माया पौडेल र लागु औषध सम्बन्धी प्रोजेक्ट सदस्य तुल्सीराम खाम्चा, अग्नीधर पोख्रेल, शोभा भण्डारी, जमुना अर्याल लगाएतले भनाई राख्नुभएको थियो ।