नेपालमा भूकम्प बाट क्षति भयका घरहरुको पुननिर्माणको लागि बेल्जिक सस्था ‘विकास’का प्रतिनिधिलाई करिब ११ लाख रुपिया हस्तान्तरण गरियको छ | अक्टोबर महिनामा गरियको च्यारिटी डिनर र अन्य कार्यक्रम मार्फत उठेको रकम ९ हजार ४ सय ९० यूरो उक्त सस्थालाई प्रदान गरियको हो |बागलुगं समाज बेल्जियम र एभरेष्ट नेपाली समाज ब्रुजको सहभागितामा सम्पन्न च्यारिटि डिनर कार्यक्रम बाट संकलित रकम ‘नेपालका लागि गृह निर्माण ‘ योजनाको संयोजन गरिरहेको उक्त संस्था लाइ दिइयको छ |
नेपालको भुकम्प प्रभाबित क्षेत्रमा ‘नेपालका लागि गृह निर्माण ‘योजनाको लागि बेल्जियमको ब्रुज सहरमा रहेको ‘Himalayan Climate Initiative ‘ सस्थाले गत अक्टोबर महिनामा च्यारिटि डिनर आयोजना गरेको थियो |३ सय बेसी उपस्थित रहेको उक्त च्यारिटी कार्यक्रममा नेपाली सस्थाहरु एभरेस्ट नेपाली समाज ब्रुज र बाग्लुंग समाज बेल्जियमको सहकार्य र सहभागिता रहेको थियो | समाजको तर्फ देखि बिभिन्न नेपाली नृत्य प्रस्तुत गरियको थियो |
साथै उक्त योजनाको लागि ब्रुज निवासी कमल भारतीले ६० हजार रुपिया प्रदान गर्नुभयको थियो |साथै बाग्लुंग समाजले पनि आर्थिक सहयोग गरेको समाजका अधक्ष्य देब पौडेलले जानकारी दिनुभयो |
‘विकास’ सस्थाले नेपालका बिकट स्थानहरुमा स्वास्थ्य, शिक्षा ,खानेपानीलगायत बिभिन्न क्षेत्रहरुमा प्रोजेक्ट संचालन गर्दै आयको छ | भूकम्प पश्चात विशेषगरेर आवास र बिद्यालय पुननिर्माणमा यो सस्था लागि परेको छ |
,