तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड

1.3K

तीजलाई संस्कृति र रितीरिवाज जर्गेना गर्ने गरि मनाउनु पर्नेमा जोड

बुटवल, ८ भदौ । महिलाहरुको महान चाड हरितालिका तीजलाई संस्कृति र रिती रिवाज जर्गेनागर्ने गरि मनाउनु पर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् । वक्ताहरुले पछिलो समयमा तीजका नाममा संस्कृति र रिती रिवाजलाई नै विकृतिजन्य वनाउने गरि कार्यक्रम आयोजना गर्ने गरेकाले यसमा सुद्धिकरण जरुरी रहेको औल्याएका हुन् ।
होटल तथा रेष्टुरण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा आईतवार बुटवलमा आयोजित तीज मिलन कार्यक्रममा वोल्ने वक्ताहरुले देखासिकी भन्दा पनि सामर्थ अनुसार चाड पर्व मनाउनु पर्ने धारणा राखेका थिए । उनिहरुले तीजलाई सांस्कृतिक पर्वका रुपमा मनाउन आग्रह समेत गरेका थिए ।
संघका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका प्रदेश ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, समाजसेवी भोजबहादुर वुढाथोकी, महासचिव माधवकुमार खनाल, कार्यक्रम संयोजक वाबुराम गौतम, सहसंयोजक लक्ष्मी रिजाल, लगायतले तीजलाई भडकिलो बनाउन नहुने धारणा राख्नु भएको थियो ।
कार्यक्रममा चर्चित कालकार उज्जलव गिरी, सिलु भट्टराई, वसन्त लम्साल लगाएत कलाकारले तीज गीत प्रस्तुती गर्नुभएको थियो ।