उच्च अदालत बुटवल बारमा जोगबहादुर खत्री

846

उच्च अदालत बुटवल बारमा जोगबहादुर खत्री

बुटवल, ८ भदौ । उच्च अदालत बार एशोसिएसन बुटवलको २६ औं साधारणसभा तथा १८ औं अधिवेशनबाट जोगबहादुर खत्री बिजयी हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा खत्री सहित उपाध्यक्षमा उपाध्यक्षमा ज्ञानु के.सी., सचिवमा गोविन्दप्रसाद मरासिनी, कोषाध्यक्षमा नागेन्द्रप्रसाद यादव, सहसचिवमा शान्ता पौडेल निर्वाचित हुनु भएको हो ।
त्यस्तैगरी समितिको सदस्यहरुमा ओमप्रसाद पंगेनी, कृष्णबहादुर गुरुङ, राजन नेपाल, मदनकुमार पुन, मन्दिरा कार्की पाण्डे, कुसुम अर्याल, मणि बस्याल र हरिप्रसाद पन्थ निर्वाचित हुनु भएको छ ।
बरको पार्षदहरुमा कपिला शर्मा, डा. नारायणप्रसाद बेल्वासे, खेमराज खनाल, लेखनाथ पोख्रेल, हेमराज शर्मा र दयानिधी भण्डारी निर्वाचित हुनु भएको निर्वाचन समितिले जनाएको छ ।