भारतीय श्रीङ्गार कम्पनी नेचर्सको बुटवलमा तीज मिलन

863

भारतीय श्रीङ्गार कम्पनी नेचर्सको बुटवलमा तीज मिलन

बुटवल, ९ भदौ । भारतीय श्रीङ्गार उत्पादन कम्पनी नेचर्स र कलरसेन्सले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बुटवलमा तीज मिलन कार्यक्रम गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कम्पनीको बुटवल डिरल आर्क टे«डर्सको सहकार्यमा तीज मिलन कार्यक्रम गरिएको हो ।
तीज मिलन कार्यक्रममा हाँस्य कलाकार पल्पसा डंगोल (चम्सुरी), गायिका रितु थापा र दिपक दर्लामीको प्रस्तुतीले सहभागिहरुमाझ रौनक थपिएको थियो ।
कम्पनीका नेपाल प्रतिनीधि रमेश उप्रेतीले कम्पनी र बिक्रेता बिचमा भएको सम्बन्धलाई अझै मजबुद बनाउनकालागि तीज मिलन कार्यक्रम गरिएको बताउनु भयो । यस्ता कार्यक्रमले तीज संस्कृतीको संरक्षण पनि हुने र आपसमा सद्भावपनि बढ्ने उहाँको भनाई थियो ।
त्यस्तै हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी)ले तीज नेपाली नारीहरुको दुःख, पिडा र व्यथा जोडिएको बताउँदै पर्व महिलाहरुको दुःख बिसाउने पर्वको मौलिकताको संरक्षण हुन आवश्यक भएको बताउनु भयो ।
कार्यक्रममा कम्पनीको बुटवल डिलर आर्क ट्रेडर्स पालीका प्रोपोराईटर उदयप्रकाश जिसी, कम्पनीका बुटवल पश्चिम प्रतिनीधि बिनोद केशरी व्यूटिसियनहरुले भनाई राख्नुभएको थियो । त्यसैअवसरमा कम्पनीले अग्रज व्यूटिसियनहरुलाई सम्मान समेत गरेको छ । उक्त कम्पनीले फेसियल ट्रिट तथा मेकअपका सबै प्रकारका सामाग्रि उत्पादन तथा बिक्रि वितरण गर्दै आएको कम्पनीले जनाएको छ ।