स्वर्गीय अधिकारीलाई प्रेस युनियनको सहयोग

260

स्वर्गीय अधिकारीलाई प्रेस युनियनको सहयोग

बुटवल, ९ भदौ । नेपाल प्रेस युनियन रुपन्देहीले स्वर्गीय पत्रकार डायलसन अधिकारीको परिवारलाइ आर्थिक सहयोग गरेको छ । युनियन रुपन्देहीका सल्लाहकार समेत रहेका अधिकारीका परिवारलाइ ५१ हजार रुपैँया आर्थिक सहयोग गरेको हो ।
युनियन रुपन्देहीकी सभापती रेखा भुसालले सोमबार अधिकारीका पिता भेषराज अधिकारीलाइ ५१ हजार राशीको चेक हस्तान्तरण गर्नु भयो । चेक हस्तान्तरणका क्रममा युनियनका प्रदेश सचिव तथा सल्लाहकारहरु हरिष ढकाल र भवानी प्रसाद पाण्डेले पत्रकार अधिकारीको निधनले सिंगो पत्रकारीता क्षेत्रमा अर्पुणनीय क्षती पुगेको भन्दै अधिकारीका राम्रा कामको युनियनले आगामी दिनमा उच्च मुल्यांकन गर्ने बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाले आगामी असोजमाा गर्न लागेको लगानी सम्मेलनको प्रचार प्रसारकालागि पुर्वतर्फ जाने क्रममा सप्तरीको कञ्चनपुर नगरपालिका ११ बक्साह चोकमा जीप दुर्घटनामा परी साउन ३२ गते पत्रकार अधिकारीको निधन भएको थियो । स्वर्गीय अधिकारी बिगत दुइ दशक देखि रुपन्देहीमा रहेर पत्रकारीतामा क्रियाशील हुनुहुन्थ्यो ।