चाडपर्वलाई भड्कीलो नबनाउन मन्त्री पौडेलको आग्रह

1.3K

चाडपर्वलाई भड्कीलो नबनाउन मन्त्री पौडेलको आग्रह


बुटवल, १० भदौ । प्रदेश पाँचको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले समाज रुपान्तरणकालागि महिलाहरुले आफैबाट सुद्धिकरण अभियान चलाउनु पर्ने बताउनु भएको छ । संस्कृति जोगाउने नाममा भईरहेका बिकृति हटाउन महिलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनु भयो । बुटवलमा महिलाहरुले सञ्चालन गरेको सामुदायिक रेडियो मुक्तिले मंगलबार बुटवलमा आयोजना गरेको महिला उद्यमशिलता सम्बन्धि अन्तरक्रिया तथा तीज बिशेष कार्यक्रममा बोल्दै मन्त्री पौडेलले महिलाले आफ्नो खर्चकालागि आफ्नै गोजिबाट पैसा निकाल्नकालागि पनि महिला स्वयम् उद्यमशिल हुनु पर्ने बताउनु भएको हो ।
मन्त्री पौडेलले प्रदेश सरकारले महिलाकालागि महिला मैत्री कानुन बनाईरहेको बताउँदै स्वदेशमा रोजगारी निर्माणमा सरकार गम्भिर रहेको र त्यसमा महिलाहरुले बिशेष सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले पछिल्लो समयमा संस्कृतिका नाममा बिकृति हुने गरेको बताउँदै चाडपर्व गरिवको पहँुचमा पनि रहने गरि मौलिक रुपमा मनाउन आग्रह गर्नुभयो । उहाँले चाडवाडलाई भड्कीलो हुनबाट रोक्नकालागि सरकारले कडाई गरेको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले रोजगारीका लागि बिदेश जानुपर्ने बाध्यता अन्त्य गर्नकालागि स्वदेशमै प्रयाप्त रोजगारी सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
रेडियोकी कार्यवाहक अध्यक्ष खेमकुमारी पोखरेलले महिला अधिकार र उनीहरुको ससक्तिकरणकालागि रेडियो मुक्तिले आवाज उठाउँदै आएको बताउँदै महिला ससक्तिकरणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताउनु भयो ।
कार्यक्रममा महिला अधिकारकर्मी तथा रेडियोकी सदस्य ज्ञानु पौडेल र रेडियोकी पूर्व अध्यक्ष साबित्रा अर्यालले क्रमश ः महिला उद्यमशिलता र तीज पर्वको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसैअवसरमा उत्कृष्ट महिला उद्यमी भगवती चुरा उद्योगकी सञ्चालक यमुना चापागाईलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन रेडियोकी स्टेशन म्यानेजर कल्पना तिवारीले गर्नुभएको थियो ।