अर्घाखाँचीमा अरिंगालले टोकेर बालकको मृत्यु

574

अर्घाखाँचीमा अरिंगालले टोकेर बालकको मृत्यु

अर्घाखाँची, १० भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ५ कुरापोख्रालका १५ बर्षीय नन्दबहादुर मुखियाको अरिंगालले टोकेर ज्यान गएको छ । स्थानीय गोपेश्वर आधारभूत बिधालय मथुराको कक्षा ५ मा अध्ययनरत थिए । सोमबार बिहान घरबाट बिद्यालय हिँडेका उनी बिद्यालय नगई घरतल बलेवाङ नजिकैको कटहरको बोटमा चढेका बेला एक्कासी अरिंगालले टोकेको परिवारले बताएका छन् ।
अरिंगालले टोकेपछि बलेबाङ नजिकै रहेको एक घरमा गई आफुलाई अरिंगालले टोकेको र बचाउन हारगुहार गरेका थिए । घटनाको जानकारी पाएपछि स्थानीय पावर्ता मुखियाले घरमा खवर गरेर जिल्ला अस्पताल पढाईएको थियो ।
गम्भीर अबस्थामा रहेका बालकलाई अर्घाखाँची जिल्ला अस्पतालमा प्राथमिक उपचार गरेर थप उपचारको लागि बुटवल रिफर गरिएपनि आर्थिक जोहो गर्नेक्रममा ढिलाई भएपछि उपचार अभावमा मृत्यु भएको हो ।
जिल्ला अस्पतालमा उपचार सम्बभ नभएपनि अस्पतालमा डाक्टरको टिमले बचाउने धेरै प्रयास गरेका थिए । यद्यपी उपचारकै क्रममा बालक बेहोस भएको अस्पताल स्रोतले जनाएको छ ।