भ्रष्टाचार बिरुद्ध जनमुक्तिको हस्ताक्षर अभियान

587

भ्रष्टाचार बिरुद्ध जनमुक्तिको हस्ताक्षर अभियान

बुटवल, १० भदौ । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश पाँचको नेतृत्वमा भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान प्रदेशभरी सञ्चालन भइरहेको छ । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश पाँचका अध्यक्ष झमबहादुर गुरुङको नेतृत्वमा हस्ताक्षर अभियान प्रदेश ५ का जिल्लाहरुमा सञ्चालन गरिएको हो । अभियानकै क्रममा गुरुङको नेतृत्वमा मंगलबार प्युठानको खलंगामा भ्रष्टाचार विरुद्ध हस्ताक्षर संकलन गरिएको छ । खलंगामा स्थानीयहरु स्वतस्फुुर्त रुपमा भ्रष्टाचार विरुद्ध ऐक्यबद्धता जनाउँदै हस्ताक्षरमा सहभागी भएका थिए ।
हस्ताक्षर संकलन पश्चात आयोजना गरिएको सभामा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव टोप अस्लामी, महिला विभाग इन्चार्ज कमला थापा, प्रदेश पाँच उपाध्यक्ष धनी आले लगायतले बोल्दै भ्रष्टाचार गर्नेलाई देशद्रोहीको रुपमा कानुनमै व्यवस्था गर्नुपर्ने बताउनु भयो । भ्रष्टाचार विरुद्ध कानुनी व्यवस्था बलियो बनाउनु पर्ने उनीहरुको जोड थियो । स्वास्थ्य र शिक्षाको जोहोमा जनताहरु तड्पिन बाध्य हुनु, वेरोजगार युवाहरु बढ्नु, व्यापार घाटा बढ्नु, नेपाल अल्पविकसित मूलुकमै रहिरहनुको प्रमूख कारण मौलाउँदै गएको भ्रष्टाचार नै रहेको उनीहरुको भनाई छ ।