स्व. अधिकारीको परिवारलाई उवासंघले आर्थिक सहयोग गर्ने निर्णय

547

स्व. अधिकारीको परिवारलाई उवासंघले आर्थिक सहयोग गर्ने निर्णय

बुटवल, ११ जेठ । बुटवल उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार पत्रकार डायलसन अधिकारीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै संघले स्वर्गीय पत्रकारको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघको बुधबार बुटवलमा बसेको पदाधिकारी बैठकले प्रेस सल्लाहकार पत्रकार अधिकारीको निधले संघलाई ठूलो क्षेती भएको उल्लेख गर्दै पत्रकार अधिकारीको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
स्वर्गीय पत्रकार अधिकारीले संघमा रहँदा संघको संस्थागत बिकासमा उल्लेखनीय योगदान पु¥याएको स्मरण गर्दै पत्रकार अधिकारीको परिवारलाई ५ लाख ५ हजार ५५५ रुपैंया आर्थिक सहयोग गर्ने निर्णय गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिनुभयो ।
पत्रकार अधिकारी तिलोत्तमा नगरपालिकाले आगामी असोजमा आयोजना गर्न लागेको तिलोत्तमा लगानी सम्मेलनको प्रचार प्रसारकालागि पूर्व जाने क्रममा सप्तरीको कञ्चनरुप नगरपालिका बक्साहमा सवारी दुर्घटनामा परि गत साउन ३२ निधन भएको थियो ।