भ्रमण वर्ष सफल बनाउन सरोकारवाला निकायसंग छलफल र बहस जरुरी

493

भ्रमण वर्ष सफल बनाउन सरोकारवाला निकायसंग छलफल र बहस जरुरी

बुटवल, ११ भदौ । प्रदेश सरकारले शुरु गरेको लुम्बिनी भ्रमण वर्ष र नेपाल सरकारले घोषणा गरेको सन २०२०को नेपाल भ्रमण वर्ष सफल बनाउन सरोकारवाला निकायसंग व्यापक छलफल र बहस चलाउन जरुरी रहेको एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।
भ्रमण वर्षको घोषणा गर्ने तर सरोकार वाला निकासंग समन्वय नगरिकन अगाडी बढेमा त्यस्ता कार्यक्रम सफल नहुे पनि उनिहरुले औल्याएका छन ।
पर्यटकहरु संग सम्बन्धी होटल व्यवसायी ,टाभल्स व्यवसायी, यातायात व्यवसायी, स्थानिय निकाय, संचार माध्यम,लगायतलाई समेटी बहस र छलफल गर्न वक्ताहरुले जोड दिएका छन ।
घोषणा गदैमा कुनै पनि कार्यक्रम सफल नहुने भन्दै उनिहरुले घोषणासंगै सफलताका लागि चाहिने पूूर्वाधारमा पनि ध्यान दिन आवश्यक रहेको बताएका छन ।
बुटवलको सुख्खानगरमा बुधवार देखि शुरु भएको पानीगाँउ रेष्टुरेण्ट एण्ड बारको उदघाटन समारोहमा वोल्दै होटल तथा रेष्टुरण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले जिल्लामा पर्यटन व्यवसायमा पछिल्लो समयमा लगानी बढदै गएको छ भन्दै व्यवसायलाई उपभोक्ता मैत्री बनाउन आग्रह गर्नु भयो ।
४ जनाको लगानीमा बुटवलमा दोस्रो शाखाका रुपमा पानीगाँउ रेष्टुरेण्ट संचालनमा ल्याएको संचालक गोपाल पन्थले बताउनु भयो ।
कार्यक्रममा संघका महासचिव माधव कुमार खनालले रुपन्देही जिल्लामा पर्यटन व्यवसायीका लागि उपयुक्त वातावरण भएको ले लगानी बढदै गएको धारणा राख्नु भयो ।
त्यसै गरि ईटाभटृीमा शरु भएको रेसुङा पार्टी प्यालेसको उदघाटनमा होटल व्यवसायी महासंघ नेपालका सस्थापक अध्यक्ष माधव नेपालले पेशाको धर्म र मर्मलाई कायम राखी व्यबसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । उहाँले दिल्लीमा दिएको परिकारलाई बुटवलमा पनि उपलब्ध गराउन सके पर्यटन प्रवर्धनमा टेवा पुग्ने बताउनु भयो ।
पार्टी प्यालेसका सञ्चालक गिरीप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव माधवकुमार खनाल, व्यबसायी ध्रुवप्रसाद पोखरेल, संघका सचिव मोहनलाल पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।