सरस्वती मा.वि.ले मनायो १२ औ राष्ट्रिय पुस्तकालय दिवस ।

1.1K

सरस्वती मा.वि.ले मनायो १२ औ राष्ट्रिय पुस्तकालय दिवस ।

वालिङ्ग १५,भदौ । वालिङ् नगरपालिका वडा नं १३ स्थित श्री सरस्वती माध्यमिक विद्यालयले १२ आंै ‘राष्ट्रिय पुस्तकालय दिवस’ मनाएको छ । यो वर्ष ‘पठन संस्कृतिको पूर्वाधार ः पुस्तकालयको विकास र विस्तार’ भन्ने नारा तय भए अनुसार विद्यालयले एक कार्यक्रमका बिच राष्ट्रिय पुस्तकालय दिवस मनाएको हो ।


विद्यालयमा अध्यापन गराउने शिक्षक, शिक्षिका, विद्यार्थीले संयुक्त रुपमा पुस्तक पढेर राष्ट्रिय पुस्तकालय दिवस मनाएका हु्न् । सो अवसरमा विद्यालयका प्रधानाध्यापक यामबहादुर कुंवरले हजार जना खराब साथी भन्दा एउटा राम्रो पुस्तक ठिक हुने बताउदै मानिसलाई सत्मार्गमा लैजान पुस्तक महत्वपूर्ण हतियार भएको बताउनुभयो ।


पठन संस्कृति समाजको समृद्धिको परिसूचक रहेको बताउनुभयो । समाज रूपान्तरण र पठन संस्कृति प्रवद्र्धनका लागि पुस्तकालय उत्तम स्थान रहेको बताउनु भयो । हाम्रो समाजको मनोविज्ञान पठन संस्कृतिमैत्री नभएको अवस्थामा पूर्वाधारका रूपमा पुस्तकालयको विकास र विस्तारलाई लिनु सकारात्मक पक्ष रहेको भनाई राख्नु भएको छ ।
साथै विद्यालयले आगामी दिनमा अभिभावकलाई समेत लक्षीत गरि पुस्तकालय र पुस्तकालय विकासका लागि पुस्तकालय कोसको बृद्धि गरिने कुंवरले बताउनुभयो ।
विद्यालयका सहायक प्रधानाध्यापक कमलकान्त पौडेलको स्वागत मन्तव्य तथा शिक्षक दयाराम डुम्रेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ६ जना शिक्षकले तालिममा सिकेको अनुभव प्रस्तुत गर्नुभएको थियो ।