एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेप योजना

750

एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेप योजना

बुटवल, १५ भदौ । एनआईसी एशिया बैंकले ग्राहकलाई बिशेष सुविधा सहित नयाँ सुपर चमत्कारिक निक्षप योजना ल्याएको छ । बैंक स्थापनाको २२ औं वार्षिकोत्सवको अवसरमा ३० वटा विशेषता सहित नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु ल्याएको एनआईसी एशिया बैंक प्रदेश पाँचले आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर स्थित प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
अंघिल्लो वर्ष बैंकले चमत्कारिक निक्षप योजना ल्याएको थियो । उक्त योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना ल्याएको बैंकको प्रदेश कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले बताउनु भयो ।
सबै तह र तप्काका ग्राहकलाई उपयुक्त हुनेगरी सुपर चमत्कारिक नाम दिईएको बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, बाबु नानी बचत खाता, बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, वैदेशिक रोजगार बचत खाता, उद्यमशिल बचत खाता, तलव बचत खाताले जनताको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने बैंकले बिश्वास लिएको छ ।
उक्त निक्षप योजनामा खातावालाले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा पाउने छन् । खातावालाको परिवारका सदस्यको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण असक्त भएमा १ करोड सम्मको बिमा सुविधा, दम्पत्तीको लागि २५ घातक रोगको उपचारकालागि ३० लाख सम्मको बिमा सुविधा, परिवारको लागि १ लाख ५० हजार सम्मको औषधोपचार बिमास सुविधा पाउने प्रदेश कार्यालयका प्रमुख कार्कीले जानकारी गराउनु भयो ।
त्यस्तै सुपर चमत्कारिक बचत योजना अन्तरगत एनआईसी एशिया बैंकका ग्राहकले देशभरका जनसुकै बैंकको कुनैपनि एटिएमबाट निःशुल्क रकम निकाल्न सक्ने उहाँले बताउनु भयो । त्यस्तै कर्जामा समेत छुटमा घरमै बैंकिङ् प्रदान गरिनेछ भने निःशुल्क डिम्याट खाता, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा उपलब्ध गराईने पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा उल्लेखित सुविधाहरुको अतिरिक्त बचत खातामा मुद्धती खाताकै सुविधा प्रदान गरिने छ । उक्त बैंकको हाल मुलुकभर २९७ शाखा कार्यालय, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउन्टर र ४१ शाखा रहित बैंकिङ् मार्फत कारोवार भईरहेको जनाएको छ । करिव १८ लाख ग्राहक रहेको उक्त बैंकको प्रदेश पाँचका १२ जिल्लामा २ लाख २५ हजार ग्राहक रहेको पनि बैंकले जनाएको छ ।