जेसिजको बुटवल–गोरखपुर भगिनी सम्बन्ध नविकरण, आपसी भाईचारा अभिबृद्धि गर्न जोड

885

जेसिजको बुटवल–गोरखपुर भगिनी सम्बन्ध नविकरण, आपसी भाईचारा अभिबृद्धि गर्न जोड

1बुटवल, ६ मंसिर । बुटवल जेसिज र जेसिआई गोरखपुर मिडटाउनबीच २५ वर्ष अंगाडी सुरु भएको भगिनी नगर सम्बन्ध नविकरण गरिएको छ ।
प्रत्येक वर्ष हुँदै आएको भगिनी नगर सम्बन्ध सम्झौतामा बुटवल जेसिजका अध्यक्ष कृष्णदेव भण्डारी र जेसिआई मिडटाउन गोरखपुरका अध्यक्ष पुनित अग्रवालले हस्ताक्षर गर्नुभएको छ ।
बुटवलमा आईतबार आयोजित एक कार्यक्रमकाबीच दुई संस्थाबीच हुँदै आएको भाईचाराको सम्बन्ध अझ बढी प्रभावकारी र फलदायी हुनु पर्ने बक्ताहरुले जोड दिएका छन ।
नेपाल र भारत दुईदेशबीचको चिसिँदै गएको सम्बन्धकाबीच भएको दुई देशका जेसिजबीचको यो सम्बन्ध नविकरणलाई महत्वकासाथ हेरिएको छ ।
कार्यक्रममा बोल्दै लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी शेरबहादुर बस्नेतले यस्ता संस्थाहरुबीच हुने सम्बन्धले दुईदेश बीचको सम्बन्धलाई पनि जोड्न सक्ने बताउनु भयो । उहाँले सदियौंदेखि रहिआएको दुईदेशबीचको सम्बन्ध अझ बढी प्रभावकारी बनाउन जेसिज सम्बन्ध नविकरणले महत्वपूर्ण भूमिका खेल्न सक्ने विशवास व्यक्त गर्दै जेसिज अभियानमा आफूबाट हुन सक्ने सहयोग सधै रहिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै बुटवल जेसिजका अध्यक्ष भण्डारीले पछिल्लो समयमा नेपाल भारत दुईदेशबीच सम्बन्ध चिसिंदै गएको बताउँदै जेसिआई मिडटाउन गोरखपुरले चिसिंदै गएको सम्बन्धलाई पुनर्ताजकि गर्न पहल गर्न आग्रह गर्नुभयो ।
त्यस्तै जेसिआई मिडटाउन गोरखपुरका अध्यक्ष अग्रवालले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल प्रति धेरै सकारात्मक रहेको बताउँदै नेपालको बृहत्तर हितमा नै भारत रहेको जिकिर गर्नुभयो ।
सन १९९० मा बुटवल जेसिजको अध्यक्ष बिन्ध्याकेशर जोशी भएका बेला बुटवल जेसिजलाई मातृत्व प्रदान गर्नेरी भगिनी नगर सम्बन्ध स्थापित गरिएको थियो । यो सम्बन्धसंगै आपसी भाईचारा अभिबृद्धि गर्ने, एक आपसमा फेलोशिप बढाउने, आपसी सहयोग आदान–प्रदान गर्नेरी भगिनी नगर सम्बन्ध स्थापना गरिएको थियो ।
सम्बन्ध स्थापना संगै केही प्रयासहरु भएपनि पछिल्लो समयमा सम्बन्ध औपचारिकतामा मात्रै सिमित रहेको जेसिजका पूर्व अध्यक्षहरु बताउँछन । प्रत्येक वर्ष नविकरण हुने यो सम्बन्ध पालैपालो बुटवल र गोरखपुरमा कार्यक्रम आयोजना गरि नविकरण गरिँदै आएको छ ।
आगामी एक वर्षकालागि गरिएको सम्बन्ध नविकरणसंगै जेसिआई गोरखपुर मिडटाउनले केही समयमानै बुटवल जेसिजको संयोजकत्वमा यस क्षेत्रमा निशुल्क क्यान्सर शिबिर सञ्चालन गर्ने घोषणा गरेको छ । बुटवल जेसिजको सिफारिसमा उपचारकालागि जाने क्यान्सर बिरामीलाई गोरखपुरको हनुमान प्रसाद ओदार क्यान्सर अस्तालमा निशुल्क उपचार व्यबस्था मिलाउने पनि घोषणा गरेको छ । त्यस्तै दुई संस्थाबीचको आयोजनामा जेसिजको अन्तराष्ट्रिय स्तरको तालिम सञ्चालन गर्ने जेसिआई गोरखपुर मिडटाउनका निवर्तमान अध्यक्ष नितेश पोद्दारले बताउनु भयो ।
कार्यक्रममा बुटवल जेसिजका पूर्व अध्यक्षहरु बिन्ध्याकेशर जोशी, लालहरी पाण्डे, कार्यक्रम संयोजक गोपाल पाण्डे लगायतले नेपाल भारतबीच चिसिंदै गएको सम्बन्ध सुदृण गर्नकालागि गोरखपुर जेसिजलाई आफ्नो देशमा पहल गर्न आग्रह गर्नुभएको थियो ।