गुणस्तरीय शिक्षाकालागि टिम्स् एजुकेशनल सेन्टर

840

गुणस्तरीय शिक्षाकालागि टिम्स् एजुकेशनल सेन्टर

बुटवल, १७ भदौ । अतिरिक्त शिक्षा प्रदान गर्दै आएको टिम्स् एजुकेशनल सेन्टर मणिग्रामले अझै व्यबस्थित गरेर गुणस्तरीय शिक्षामा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । विगत दुई वर्षदेखि सञ्चालनमा रहेको उक्त शैक्षिक संस्थालाई परिस्कृत गरेर सञ्चालन गर्न लागिएको बताउँदै संस्थाका अध्यक्ष तोलाकान्त डुम्रेले माध्यमिक तथा क्याम्पस लेवलका बिद्यार्थीलाई अतिरिक्त शिक्षाकालागि बाहिर जानुपर्ने बाध्यताको पूर्ण रुपमा समाधान गर्ने गरी योजनावद्ध रुपमा आफूहरु लागि परेको बताउनु भयो ।
टिम्स् एजुकेशनल सेन्टरले मंगलबार रुपन्देहीको मणिग्राममा पत्रकार सम्मेलन गरि माध्यमिक शिक्षा अध्ययन पछि उच्च शिक्षा हासिल गर्नकालागि जापान, अष्ट्रेलिया, अमेरिका, चीन लगायतका देशहरुमा जान चाहने बिद्यार्थीलाई भरपर्दो शैक्षिक परामर्श समेत प्रदान गरिने जानकारी गराएको हो ।
शैक्षिक क्षेत्रमा रहेका व्यक्तिहरुले सञ्चालन गरेको टिम्स् एजुकेशनल सेन्टरमा नयाँ व्यबस्थापन पछि सम्पूर्ण तहमा अतिरिक्त कक्षाहरु मन्टेश्वरी तालिम, कम्प्युटर कक्षा, शिक्षक सेवा आयोगका कक्षा, अंग्रेजी, कोरिया भाषा शिक्षा, लोक सेवा आयोगका कक्षाहरु, सांगितिक कक्षा, वाक कला तथा लेखासंग सम्बन्धित कक्षाहरु सञ्चालन गरिने उहाँले बताउनु भयो ।
पत्रकार सम्मेलनमा कोरिया भाषा प्रशिक्षक जेएन न्यौपानेले आफूहरु गुणस्तरी शिक्षा प्रदान गर्ने प्रतिवद्धता सहित त्यस क्षेत्रमा आएको बताउनु भयो ।