कपिलबस्तुमा चार महिलाको डुबेर मृत्यु

604

कपिलबस्तुमा चार महिलाको डुबेर मृत्यु

कपिलबस्तु, १७ भदौ । कपिलबस्तुमा सोमवार र मगलबार गरी स्थानीय नदिमा डुबेर ४ जना महिलाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिकामा ३ जना र मायादेवी गाउंपालिकामा १ जना गरी ४ जनाको ज्यान गएको छ । शुद्धोधन गाउँपालिका– ६ वेथी नदीको वेलभरिया सन्तघाटमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनाको मंगलबार शव फेला परेको छ ।
तीजको दिन सोमबार बेपत्ता तीन जना मध्येकी १५ वर्षीया तारा कोहारको शव डुबेको स्थान नजिकै नदी किनारमा मंगलबार बिहान परेकोे हो । बेपत्ता भएका अन्य २ जना ८ वर्षीया खुश्बु रैदास र २५ वर्षीया तारामती कोहारको शव मंगलबार दिउँसो दक्षिण मलखोरिया नदी किनारमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शबलाई कानुनी प्रक्रिया पूरा गरी परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।
त्यस्तै मायादेबी गाउपालिका– ४ बुलाडीहवामा स्थानीय पोखरीमा डुबेर मगलबार अर्की एक बालिकाको मृत्यु भएको छ । मोहम्मद रफिक चिढिमारकी छोरी १५ बर्षीया जमिलाको पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक मल्ले बताउनु भयो ।
जमिला सोमवार साँझ भाईसंग नजिकै रहेको पोखरीमा घास काटन गएकी थिईन । भाई एक घन्टा अघि नै घर फर्किएको तर घास लिन गएकी जमिला अबेर साँझसम्म पनि नपर्फिएपछि उनको खोजी गरिएको थियो । उनी साझ ७ बजेतिर पोखरीबाटै बेपत्ता भएकी थिईन । जमिलाको शव मंगलवार बिहान पोखरीमा तैरीरहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक मल्ले बताउनु भयो ।