नेपाली काँग्रेस कपिलबस्तुद्वारा खेलाडीलाई सहयोग

नेपाली काँग्रेस कपिलबस्तुद्वारा खेलाडीलाई सहयोग

कपलिवस्तु, १७ भदौ । नेपाली काँग्रेस कपिलबस्तुले खेलाडीलाई सहयोग गरेको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बाणगगा नगरपालिका वडा नं. १० धरमपुर कालिका युवा क्लबद्वारा आयोजित ‘स्थानीय तह स्तरीय भलिबल प्रतियोगिता’मा गुल्मीको सत्यवती गाउँपालिकाबाट आएको खेलाडीको टिमलाई काँग्रेस कपिलबस्तुले सहयोग गरेको हो ।
गुल्मीको सत्यवती गाउपालिका ठुलो लुम्पेकमा प्राकृतिक विपद् परेको हुदा खेलाडीलाई हौसला प्रदान गर्नकालागि पार्टीले सहयोग गरिएको नेपाली काँग्रेस बाणगंगा नगरपालिका वडा नं. २ का सभापति कबिराज ज्ञवालीले जानकारी दिनुभयो । नेपाली काँग्रेस बाणगंगा नगरपालिका वडा नं. २ कपिलबस्तुले गुल्मीबाट आएको खेलाडीको टिमलाई आवश्यक पर्ने खेलकुदका सामाग्रि सहित दर्ता शुल्क प्रदान गरेको हो ।
त्यस अवसरमा नेपाली काँग्रेस कपिलबस्तुका सभापति तथा पूर्व सिचाई राज्यमन्त्री सुरेन्द्रराज आचार्यले क्लबका मुख्य प्रशिक्षक इश्वरी तरामु र बिनबहादुर थापालाई खेलाडीलाई आवश्यक पर्ने जर्सी, जुत्ता, बल र टिम दर्ता गर्दा लाग्ने शुल्क तीन हजार २ सय रुपैया हस्तान्तरण गर्नुभएको हो । खेलकुदका सामाग्रि हस्तान्तरण गर्दै पार्टी सभापति आचार्यले नेपाली काँग्रेस सधै जनताको सुख दुःखमा साथमा रहने बताउनु भयो ।
उहाँले गुल्मीको ठूलो लुम्पेकमा प्राकृतिक बिपद् परेको हुदा खेलाडीलाई हौसला बढाउन र त्यहाको घाउमा मलम लगाउन काँग्रेसको वडा समितिले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा न २ का सभापति कबिराज ज्ञवालिको सभापतित्वमा भएको खेलकुदका सामाग्रि हस्तान्तरण कार्यक्रममा नेपाल तरुण दल कपिलवस्तुका सभापति शक्तिसिंह ठकुरी, तरुण दल छेत्रीय सभापति तिलक थापा, महाधिवेशन प्रतिनिधीहरु दुर्गा सेन, टेकबहादुर शाही, जिल्ला सदस्य रबिबहादुर काफ्ले, शालिकराम चौधरी, नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायतले खेलकुदले जीवनका हरेक गतीबिधीलाई सवल र शसक्त बनाउदै लैजाने बताउदै खेलकुद क्षेत्रमा राज्यको प्रत्यक्ष भूमिका रहनु पर्नेमा जोड दिनु भएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •