भारतीय जीपको ठक्करबाट भैरहवामा थारु दम्पत्तिको ज्यान गयो

236

भारतीय जीपको ठक्करबाट भैरहवामा थारु दम्पत्तिको ज्यान गयो

बुटवल १८ भदौ । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको ज्यान गएको छ । जीपले ठक्कर दिँदा रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका करिब ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमती थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।
बुधबार भैरहवाबाट बुटवलतर्फ जादै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँदा थारु दम्पत्तिको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी रामप्रकाश शाहले बताउनु भयो । मोटरसाइकललाई ठक्कर दिएको जीप र चालकलाई ईलाका प्रहरी कार्यालय मंगलापुरले नियन्त्रणमा लिएको छ ।